कोरोनाका कारण पाल्पामा ५२ वर्षीय एक पुरूषको मृत्यु, मृतक संख्या ३ पुग्याे

कोरोनाका कारण पाल्पामा ५२ वर्षीय एक पुरूषको मृत्यु, मृतक संख्या ३ पुग्याे

पाल्पा, असोज १
बिहिबार कोरोनाका कारण पाल्पामा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–७, टिन्टीआँपका ५२ वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताए । यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । ५२ वर्षीय पुरुषको युनाईटेड मिशन अस्पतालले निर्माण गरेको आइशोलेशनमा मृत्यु भएको हो ।

बिहिबार मृत्यु भएका ५२ वर्षीय पुरुषलाई थप उपचारका लागि मंगलबार (भदौ ३०) गते बुटवल, भैरहवा पुगेर पुनः पाल्पा फिर्ता गरिएको थियो ।

पाल्पामा समुदाय स्तरमा कोरोना फैलने दैनिक रुपमा बढ्दो छ । पाल्पाको दश वटै स्थानीय तहमा समुदायमा कोरोना फैलिएको छ । जसमध्ये अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी १३ जना, जनप्रतिनिधिहरु ५ जना रहेका छन् ।
पाल्पा जिल्लामा हालसम्म ६ सय ८२ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ६ सय ८ जना पुरुष र ७३ जना महिला रहेका छन् । जसमध्ये ५ सय ७७ जना निको भएका छन् । त्यस्तै कोरोनाकै कारण पाल्पामा ३ जनाको निधन भएको छ ।
पाल्पामा अहिले सम्म समुदाय स्तरमा ९५ जना ब्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस