बेरोजगार तथा आर्थिक बिपन्नका लागि तालिम अपरिहार्यः अध्यक्ष सावद

बेरोजगार तथा आर्थिक बिपन्नका लागि तालिम अपरिहार्यः अध्यक्ष सावद

पाल्पा, भदाै २९

बेरोजगार तथा आर्थिक बिपन्न समुदायको लागी तालिम तथा स्वराेजगारमुखी उद्यमशीलता तालिम दिन अत्यावश्यक भएकाे नेपाल तालिम तथा राेजगार व्यवसायी महासंघका अध्यक्ष चन्द्र सावदले बताएका छन् ।

साेमबार प्रदेश नं. ५ ले गरेकाे भर्चुअल अन्तरर्क्रियामा अध्यक्ष सावदले उद्यमशीलता तालिमका लागि सरकारले जिम्मेवारी दियो भने कर्तब्य सम्झेर अगाडी बढ्न महासंघ तयार रहेकाे बताएका हुन् । उनी भन्छन्, कोरोना भाइरसको माहामारीमा जसरी स्वास्थ्य कर्मिले बिरामी र सुरक्षाकर्मी नागरिकको सुरक्षाको लागी रात-दिन नभनि अहोरात्र ज्यानको बाजी लगाएर खट्नु भएकोछ ! बेरोजगार तथा आर्थिक बिपन्न समुदायको लागी, तालिम तथा रोजगार ब्यबसायी पनि उनिहरुको सिप तथा रोजगारीको लागी खट्न तयार छन् ।

कार्यक्रममा बाेल्दै पाल तालिम तथा राेजगार व्यवसायी महासंघका महासचिव अच्युत नेपाल तथा विभिन्न व्यक्तित्वहरूले नेपालमा तालिम दिएर अाफ्नाे जिम्मेवारीबाट पञ्छिन खाेज्ने धेरै व्यवसायीहरू भएका कारण समस्या थपिएका बताएका थिए । नेपालमा तालिम तथा राेजगार प्रदायक संस्थालाइ समयानुकुल परिवर्तन गर्नुपर्ने, तालिममा विशिष्टिकृत सेवा प्रदान गर्नुपर्ने, नेपाल सरकारले मान्यता प्रदान गरेका संस्थाबाट मात्र तालिम प्रदान हुने व्यवस्था कार्यान्वयन गर्नुपर्ने जस्ता समस्या रहेकाे कार्यक्रममा सहभागीहरूले राखेका थिए ।

नेपाल तालिम तथा राेजगार व्यवसायी महासंघ प्रदेश नं. ५ का अध्यक्ष सतिश कुमार अधिकारीकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन सचिव अरूण अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस