समुदायमा काेराेना फैलिएपछि तानसेन नगरपालिका बन्द !

समुदायमा काेराेना फैलिएपछि तानसेन नगरपालिका बन्द !

अर्चना ज्ञवाली

पाल्पा, भदौ २५

जनप्रतिनिधि सहित समुदायमा कोरोना संङक्रमण पुष्टि भएपछि तानसेन नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने भएको छ । नगरपालिकाका मेयर अशोक कुमार शाहीका अनुसार अर्को सूचना जारी नभएसम्म अत्यावस्यक सेवा बाहेक अन्य सेवा शुक्रबारबाट बन्द हुने भएको हो । तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष र तीन वडा सदस्यहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरभित्रका पुष्टि भएकाहरु ट्राभल हिष्ट्री नभएकाहरु समेत रहेकाले समुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । पाल्पामा हाल सम्म ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको संक्रमणबाट मृत्यु भईसकेको ।

प्रतिक्रिया दिनुहोस