पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि



पाल्पा, भदौं १९

पाल्पामा शुक्रबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रिब्दिकोट गाउँपालिकाका १ जना महिला र तानसेन नगरपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । तानसेन १० का दुई जना र तानसेन ११ र १४ का १÷१ जनामा संक्रमण रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

संक्रमितहरु होम आईसोलेसनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यो सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ८८ पुगेको छ । संक्रमितमध्ये ५ सय ६२ जना निको भएर घर फर्किएका छन् । भने, २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

जिल्लामा अहिले २४ जना सक्रिय संक्रमित रहेका छन ।
पाल्पामा कोरोना संक्रमण फैलिन नदिन जिल्ला प्रशासनले गत भदौं ५ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । पहिलो चरणमा १२ गते (शुक्रबार) रातिसम्मको लागि जारी निषेधाज्ञालाई थपेर १९ गतेसम्म पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस