नैतिक शिक्षामा विद्यार्थी आकर्षण, गुरुकुलमा निरन्तर पठनपाठन (भिडियाे)

नैतिक शिक्षामा विद्यार्थी आकर्षण, गुरुकुलमा निरन्तर पठनपाठन (भिडियाे)

पाल्पा, भदौ ६
शैक्षिक संस्थाहरु ठप्प रहेको समयमा कालीगण्डकी गुरुकुलमा भने विद्यार्थीलाई नैतिक शिक्षा प्रदान गरिँदै आएको छ । पाल्पा र स्याङ्जा जिल्लाको उत्तरवाहिनी क्षेत्रमा ३० जना बटुक (विद्यार्थी) ले नियमित आधारभूत तहका कक्षामा पठनपाठन गरिरहेका छन् ।

गुरुकुलमा संस्कार–संस्कृति सहित आधुनिक विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरेका कारण विद्यार्थीहरुको आकर्षण समेत बढेको छ । यस गुरुकुलमा आधारभूत तह (६–८) कक्षासम्म आवासीय सुविधा छ । आवासिय रुपमा शिक्षक र विद्यार्थीको व्यवस्थापन गरि अध्ययन÷अध्यापनको कार्य हुँदै आईरहेको छ । यहाँको गुरुकुल कालिगण्डकी तटमा एकान्तवासकै रुपमा रहेको छ । गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गइरहेका समयमा स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीको उत्तरबाहिनीमा कालीगण्डकी गुरुकुलम् २०७६ स्थापना गरिएको छ ।

गुरुकुलममा विभिन्न जिल्लाका ३० जना विद्यार्थीलाई निशुल्क खान, बस्न तथा पोशाकसहितको सुविधा दिईएको गुरुकुलमका संस्थापक चैतन्य कृष्णले बताए । उनी भन्छन्, ‘गुरुकुलम सुरु भएको छ । विद्यार्थीको आकर्षण बढको छ । यहाँ एउटा कक्षामा वार्षिक १५ जनाको दरमा विद्यार्थी राखिएको छ । आगामी शैक्षिक सत्रबाट कोटा थप गर्दै जाने सोंचमा छौं ।’ ‘गुरुकुलममा अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक विषय अनिवार्य र संस्कृत भाषा, संस्कृत ब्याकरण, कर्मकाण्डसहित बेद, नीति शास्त्र, आयुर्वेद तथा भजन कृतन एवम् सङ्गीतको ज्ञान दिने गरि व्यवस्थापन गरिएको छ, संस्थापक चैतन्य कृष्णले भने, नेपालकै पहिलो अङ्ग्रेजी माध्यमको गुरुकुलममा विद्यार्थीहरुले पूर्वीय वाङ्मयमा अङ्ग्रेजी, आधुनिक ज्ञान विज्ञानमा संस्कारसंस्कृति, परम्परागत शिक्षा पद्धतिमा आधुनिक ज्ञान आर्जन गर्नेछन् ।’ ज्ञान र विज्ञानको संयोजन गर्न सकियोस् भन्ने मुख्य उद्धेश्यले समावेशी गुरुकुलमको स्थापना गरिएको संस्थापक चैतन्य कृष्णले बताए ।

कक्षा ७ मा अध्ययन गर्ने रुपन्देहीका विद्यार्थी स्पन्दन भट्टराईले राम्रो ज्ञानगुनका कुरा सिक्दै भविष्यमा संस्कृतलाई विश्वव्यापी बनाउन गुरुकुलमा अध्ययनका लागि आएको बताए । गुरुकुलमका अध्यापक इश्वर बस्यालले संस्कृतसँग संस्कृती सिक्न र आविष्कार गर्न कालिगण्डकी गुरुकुलममा विद्यार्थीहरु आउने गरेको बताए ।

मानिसमा आध्यात्म ज्ञान र नैतिक आचरण हराउँदै गएकाले उनीहरूमा अध्यात्म ज्ञान, नैतिक आचरण, सद्भाव, दया, माया, प्रेम, स्नेह र सद्गुण जगाउने उद्देश्यले गुरुकुल स्थापना गरिएको हो । पाल्पाको रम्भा गाउँपालिकामा दर्ता गरी कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले गत शैक्षिक सत्रबाट कक्षा ६ मा अध्यापन गर्ने गरी गुरुकुलम सञ्चालनमा ल्याएको थियो । यस शैक्षिक सत्रमा यहाँ कक्षा ७ को समेत पठनपाठन सुरु गरिएको छ ।

उत्तरबाहिनी कालीगण्डकीको तटमा रमणीय स्थानमा गुरुकुलम सञ्चालनमा आएसँगै आधुनिक शिक्षा र संस्कृत भाषा अध्ययन गर्न पाईने भएपछि स्थानीय अभिभावकहरु हर्षित छन् । ५ जना शिक्षकहरु निजी स्रोतबाट र २ जना शिक्षकहरु दरबन्दीमा व्यवस्थापन गरि अध्ययन÷अध्यापनको कार्य हुँदै आएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले महायज्ञहरु सञ्चालन गरी संकलन भएको रकमबाट भौतिक पूर्वाधारहरु निर्माण गरेर उत्तरबाहिनीलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै आएको छ ।

तस्वीरः
पाल्पा र स्याङ्जाको उत्तरवाहिनी क्षेत्रमा रहेको कालिगण्डकी गुरुकुलममा अध्ययन÷अध्यापन कार्य हुँदै । तस्वीरः मुक्ति न्यौपाने

प्रतिक्रिया दिनुहोस