यस्ताे भयाे २ सय २ औं भगवतीजात्रा हेर्नुहाेस् फाेटाेफिचर

यस्ताे भयाे २ सय २ औं भगवतीजात्रा हेर्नुहाेस् फाेटाेफिचर

पाल्पा, साउन २८
नेपाली सेनाले अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा २ सय २ औं भगवती जात्रा गरिएको छ । भगवती जात्रा कोरोना भाईरसको जोखिमको कारण औपचारिकतामा सीमित गरिएको छ ।

बुधबार श्री ७ रणउजिरेश्वरी भगवतीलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गरिएको थियो । भगवतीको प्रतिमा ‘प्रतिमूर्ती’ घुमाएर तानसेन शहर परिक्रमा गर्ने परम्परा रहँदै आएको भएता पनि यसवर्ष भने मन्दिर परिसरभित्रै भगवतीजात्रा सम्पन्न भएको हो ।

रणउजिरेश्वरी भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले कोभिड १९ को सङक्रमणको जोखिमलाई ध्यान दिँदै क्षमापूजा सहित भगवतीजात्रा सम्पन्न गरिएको बताए । उनी भन्छन्, ‘ऐतिहासिक विजयोत्सवको रुपमा रहेको भगवतीजात्रा कोरोनाका कारण प्रभावित बनेको छ । यसको आस्था र गरिमा जोगाई राख्न औपचारिक रुपमा जात्रा भने निकालिएको छ ।’

प्रतिक्रिया दिनुहोस