पाल्पामा तितेपातीको तेल उत्पादन सुरु, एक लिटरको १० हजार रुपैँया

पाल्पामा तितेपातीको तेल उत्पादन सुरु, एक लिटरको १० हजार रुपैँया


बिष्णु खनाल

पाल्पा,साउन २३

जंगलमा यस्सै उम्रियर खेर गहिरहेको तितेपातीबाट पाल्पाको झुम्सामा तेल निकाल्न सुरु गरिएको छ । तिनाउ गाउँपालिका ३ झुम्सामा रहेको जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडले तितेपातीको तेल उत्पादन गर्न सुरु गरेको होे । स्थानीयले खेर गइरहेको तितेपातीबाट दैनिक २ हजार ५ सय रुपैँयासम्म आम्दानी हुन थालेको बताउछन् । यो पुरानो प्रविधि भएकाले यसलाई आधुनिक प्रबिधीमा लैजाने तिनाउ गाँउपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जडिबुटीबाटै समृद्धी आउने बताउनुभयो । बि सं २०५६ सालमा स्थापना भएको सहकारीले खेर गहिरहेको जडिबुटीलाई प्रयोगमा ल्याउने उद्धेश्यले तितेपातीबाट तेल निकाल्न सुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले बताउनुभयो । उक्त सहकारी मार्फत लेवन क्रास र बेसार समेत प्रशोधन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस