अमिताभ बच्चन कोरोना जितेर डिस्चार्ज भएपछि लेखे भावुक स्टाटस

अमिताभ बच्चन कोरोना जितेर डिस्चार्ज भएपछि लेखे भावुक स्टाटस

काठमाडौँ, साउन १८

कोरोना भाइरसको सक्रमणबाट मुक्त भएर बलिउडका चर्चित अभिनेता अभिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । मुम्बईको नानावती अपस्तालबाट आइतबार दिउँसो उनी डिस्चार्ज भएका हुन्।

असार २७ गते कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। आफू डिस्चार्ज भएको जानकारी उनले ट्विटरमार्फत दिएका छन् ।

जन्‍म दिने माता पिताको आशिर्वाद, समर्थकहरुको प्रार्थना र नजिकबाट माया गर्ने फ्यानहरुको मायाले आफू सुरक्षित रहेको उनले बताएका छन्।

‘नानावती अस्पतालका नर्सहरुका कारण आज मैले यो दिन देख्‍न पाएको छु। उहाँहरुले ख्‍याल गर्नुभएकोमा अत्यन्त कृतज्ञ हु’, अमिताभले भनेका छन् ।

अमिताभसँगै उनका छोरा अभिषेक बुहारी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन र नातिनी आराध्या राय बच्चन पनि संक्रमित भएका थिए। ऐश्वर्या र आरध्या यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस