नेकपामा गम्भीर माेडः पार्टीलाई विभाजन हुनबाट जोगाउन प्रचण्डकाे आग्रह

नेकपामा गम्भीर माेडः पार्टीलाई विभाजन हुनबाट जोगाउन प्रचण्डकाे आग्रह

काठमाडौं, साउन १३

पार्टीलाई विभाजन हुनबाट जोगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आग्रह गरेका छन् ।  सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु अावश्यक रहेकाे प्रचण्डले बताएका हुन् ।

मंगलबार ओली बिनाको स्थायी समिति बैठकमा उनले भने, ‘यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ ।’  प्रचण्डले अगाडि भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’

प्रधानमन्त्री अ‍ोलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक बस्नुअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको भएपनि छलफलमा कुनै निष्कर्ष ननिस्केपछि प्रचण्डले ओली बिना नै बैठक सञ्चालन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस