विराटनगरमा अत्यावश्यकबाहेक सबै सेवा बन्द, काेराेना प्रभाव

विराटनगरमा अत्यावश्यकबाहेक सबै सेवा बन्द, काेराेना प्रभाव

विराटनगर, साउन ११

मोरङ जिल्लाकोविराटनगर महानरपालिकाले कोरोना फैलन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय गरेको छ।

महानगरले सोमबारदेखि लागू हुने गरी नगरकार्यपालिकाको कार्यालय र वडा कार्यालयहरू समेतबाट प्रवाह हुने अति आवश्यक (स्वास्थ्य, वारुणयन्त्र, सरसफाई र एम्बुलेन्स) सेवा बाहेक अन्य सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको हो। 

महानगरले साउन १२ गतेदेखि अर्को सूचना प्रवाह नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो। नगरले नगरबासीमाथि पर्न गएको असुविधाप्रति क्षमा माग्दै यस्तो सूचना जारी गरेको हो।

हाल विराटनगर महानगरका ३७ जना कोरोना संक्रमित भएका छन्। यीमध्ये ७ जना उपचाररत छन् भने अन्य निको भएर घर फर्किएका छन्। 

प्रतिक्रिया दिनुहोस