लगातारको बर्षाले अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु



पाल्पा,साउन ६
लगातारको वर्षाले अबरुद्ध सिद्धार्थ राजमार्ग मंगलबार दिउसो ४ः३० बजेबाट सुचारु भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौं स्थानको पहिरो हटाए पछि सडक एकतर्फी संचालनमा आएको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । तानसेन तम्घास सडक पनी संचालनमा आएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोका कारण सिद्धार्थ राजमार्गसहित अन्य सडकमार्गहरुमा यातायात ठप्प भएको थियो ।

प्रतिक्रिया दिनुहोस