पहिरोले नारायणगढ-मुग्लिन र तानसेन-बुटवल सडक अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन र तानसेन-बुटवल सडक अवरुद्ध

पाल्पा, साउन ५

नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । खुलेकाे तीन घण्टामै सिद्दार्थ राजमार्ग पूनः बन्द भएकाे छ । शुक्रबार अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझ ५ बजेबाट सुचारु भएको थियाे। तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राती पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आइतबार राती ८ः१५ बजे साेही स्थानमा पहिराे खस्दा सडक पूर्ण रूपमा अवरूद्द भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ। दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना-६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस