सिद्दार्थ राजमार्ग पूनः बन्द, खुलेकाे ३ घण्टामै पहिराे खस्याे (भीडियाे)

सिद्दार्थ राजमार्ग पूनः बन्द, खुलेकाे ३ घण्टामै पहिराे खस्याे (भीडियाे)

पाल्पा, साउन ४
खुलेकाे तीन घण्टामै सिद्दार्थ राजमार्ग पूनः बन्द भएकाे छ । शुक्रबार अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझ ५ बजेबाट सुचारु भएको थियाे। तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राती पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आइतबार राती ८ः१५ बजे साेही स्थानमा पहिराे खस्दा सडक पूर्ण रूपमा अवरूद्द भएकाे छ ।

पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले शुक्रबार पहिरो खसेको स्थानमा एकतर्फी रुपमा बाटो सुचारु गरिएको भएता पनि आइतबार पून पहिराे खसी सडक पूर्णरूपमा अवरूद्द भएकाे बताए । पहिराे खसेकाे स्थानमा साेमबार बिहानबाट खुलाउने प्रयास गरिने भएकाे छ । रातीकाे समयमा पहिराे खस्ने जाेखिम कायमै रहेका कारण सिद्दार्थ राजमार्ग बन्द छ ।

हेर्नुहाेस् भिडियाे, Subscribe गर्न नभुल्नुहाेला…

प्रतिक्रिया दिनुहोस