तीन दिनदेखी अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालनमा

तीन दिनदेखी अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालनमा


बिष्णु खनाल
पाल्पा, साउन ४
तीन दिनदेखी अबरुद्ध सिद्धार्थ राजमार्ग आइतबार बेलुका ५ बजेबाट एकतर्फी संचालनमा आएको छ । पहिरोले शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको तिनाउँ गाउँपालिका–३, पैठेडाँडा र तानसेन ८ गौडेपुल नजिकैको पहिरो हटाएपछि सडक एकतर्फी संचालनमा आएको हो । पहिरो खसेको स्थानमा जोखिम कायम रहेको भन्दै पहिरो जुनसुकै बेला खस्न सक्ने भएकाले सर्तक भई यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस