पाेखरा र लमजुङमा पहिराे ७ काे मृत्यु

पाेखरा र लमजुङमा पहिराे ७ काे मृत्यु

पोखरा, २६ असार

पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ भने ७ जना नै घाइते भएका छन् । यस्तै लमजुङमा अविरल वर्षासंगैँ आएको पहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा वेशीसहर नगरपालिका वडा नं ७ सातविसेका दिपक तामाङ, विमाया तामाङ र छवाङ तामाङ रहेका छन ।

गएराति १२ बजेतिर पहिरोले उनीहरुको घर बगाएको थियो । परिवारका अन्य तीन जना समेत घाइते छन् । उनीहरुका अहिले वेशीसहरमा उपचार भैरहेको प्रहरीले जनाएको छ

पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

१० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् । उनीहरुलाई स्थानीय र प्रहरीको संक्रियातामा अस्पताल पु¥याएको छ । उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

राती बर्डे मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए । अन्य हराइ रहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको बताए ।

त्यसै गरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस