नेपालमा संक्रमितको संख्या १५ हजार नाघ्यो, थपिए ७४० जना

नेपालमा संक्रमितको संख्या १५ हजार नाघ्यो, थपिए ७४० जना

काठमाडौं, असार १९

नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको छ। संक्रमितमध्ये हालसम्म ६ हजार १ सय ४३ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर ८२३ जना घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस