पाल्पाको निस्दी गाउँपालिका पाँच दिन बिहानै देखि खुल्ने

पाल्पाको निस्दी गाउँपालिका पाँच दिन बिहानै देखि खुल्ने

पाल्पा,१९ असार
पाल्पाको निस्दी गाउँपालिकाको कार्यालय पाँच दिन बिहान ७ः३० बजेदेखि खुल्ने भएको छ । असार मसान्तर नजिक आउँदै गर्दा गाउँपालिकाद्धारा दिइने सेवालाई प्रभाबकारी बनाउन र योजनाहरुको समयमै भुक्तानी तथा फरफारक गर्नको लागि विहान ७ः३० बजेदेखि नै कार्यालय खुल्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
यही असार १९ गतेबाट २३ गतेसम्म बिहान ७ ;३० देखि साँझ ५ः०० बजेसम्म कार्यालय खुल्ला रहने छ । कोरोना भाइरस संक्रमणका कारण कार्यालय समयमा भिडभाड हुने गरेकोले सेवाग्राहीलाई थप सहज बनाउन र जोखिम कम गर्न कार्यालय समय थप गरिएको गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी खनाल अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस