पाल्पामा काेराेनाले मृत्यु भएकाकाे शव व्यवस्थापनमा खटिएका व्यक्तिमा सङक्रमण

पाल्पामा काेराेनाले मृत्यु भएकाकाे शव व्यवस्थापनमा खटिएका व्यक्तिमा सङक्रमण

पाल्पामा ४ सय ४६ सङक्रमित
पाल्पा, असार १३
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु भएका व्यक्तिकाे शव व्यवस्थापन गरियो । उनको मृत्यको २ दिनपछि नेपाली सेनाले शव व्यवस्थापन गर्यो । सोही शव व्यवस्थापन गरेका दुई जना व्यक्तिमा कोरोना सङक्रमण पुष्टी भएको छ । शुक्रबार उनीहरुको कोभिड १९ पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले शव व्यवस्थापन गर्ने कार्यमा खटिएका नेपाली सेनाका २ व्यक्तिमा सङक्रमण भएको बताए । ‘कोभिड १९, पोजेटिभ देखिने ३३ र ३४ वर्षका व्यक्ति हुन् । सुरक्षित रुपमै शव व्यवस्थापन भैरहेको थियो । सोही समयमा पानी अत्यन्त परि राखेको थियो । शव व्यवस्थापनकै क्रममा ¥याल चुहिएको हुनसक्छ । सूचना अधिकारी पन्थी भन्छन्, ‘स्वास्थ्य कार्यालयले स्वाव संकलन गरेर पठाएको थियो । शव व्यवस्थापन देखि नै उहाँहरुलाई आइशोलेशनमा राखिएको छ । समुदाय सुरक्षित छ, चिन्ता गर्नुपर्दैन ।’
गोरखदल दलका मेजर मनोज डंगोलले शव व्यवस्जथापनमा खटिएको टोलीका दुई जनामा सङक्रमण देखिएको बताए । उनी भन्छन्, ‘सङक्रमण देखिएकालाई शव व्यवस्थापनमा खटिएको दिनदेखी नै आईसोलेसनमा राखिएको छ । हामी युनाईटेड मिशन अस्पतालका विशेषज्ञ डाक्टरकै निगरानीमा शव व्यवस्थापन गरेका हौं ।’ उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मेजर डंगोलले बताए ।
यससँगै जिल्लामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । शुक्रबार थपिएका मध्ये ७२ जना पुरुष र ५ जना महिला छन् । पाल्पा जिल्लाको दश स्थानीय तहमै कोरोना सङ्क्रमणका बिरामी भेटिएका छन् । संक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस