एसइइको नतिजा आन्तरिक मूल्याङ्कनबाट

२०७७ जेठ २९, काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा  बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । मन्त्री परिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यमिक शिक्षा कक्षा दशको अन्त्यमा हुने परीक्षा (SEE) यस वर्ष विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर गरिने भएको छ।


बैठकका अनुसार यस पटकको एसइइ परीक्षा खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई आधार बनाएर स्थानीय तहको सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्ड समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ। बोर्डलाई सिफारिस प्राप्त भएपछि सोही आधारमा परीक्षाफल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने छ।

प्रतिक्रिया दिनुहोस