शिवरात्रिमा नायक राजेश हमाललाई कसले बनायो महादेवको पोस्टर ? सामाजिक सञ्जालमा भाइरल

काठमाडौं,

केही समययता अभिनेता राजेश हमाल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । आफ्ना पुराना तस्बिर सेयर मात्र होइन, सामाजिक राजनीतिक विषयमा पनि कमेन्ट गर्ने गर्छन् ।

त्यसैले धेरैले ‘राजेश दाइ भन्नुहुन्छ’ भनेर सामाजिक सञ्जालमा उनी सम्बद्ध विभिन्न ट्रोल बनिरहेका छन् । उनका विषयमा विभिन्न जोक्स बनाइएका छन् ।

यसै क्रममा महाशिवरात्रीको अवसरमा राजेश फेरि एकपटक सामाजिक सञ्जालमा छाएका छन् । नायक राजेश हमाल भने शिवरात्रीमा आफै महादेव बनेका छन् ।

शिवरात्री पर्वको अवसर पारेर केही फ्यानले उनलाई महादेव बनाएका छन् । हमाल आफैले तस्बिर अपलोड गर्दै शिवरात्रीको शुभकामना दिएका छन् । यो तस्बिर अहिले भाइरल बनेको छ ।

medianp

प्रतिक्रिया दिनुहोस