४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिबस सम्पन्न

पाल्पा,पुस १६नेपाली काङ्ग्रेस पाल्पाले राष्ट्रिय एकता तथा मेलमिलाप दिबसको अबसरमा चियापान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नेपाली कांगे्रस पाल्पाको बिपि स्मृती पुस्तकालय हलमा भएको कार्यक्रममा जिल्लाका क्रियाशिल राजनैतिक दलका प्रमुख,रास्ट्रसेबक कर्मचारी, स्थानीय तहका प्रमुख,पत्रकार तथा पार्टीका पदाधिकारी तथा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।कार्यक्रमका अबसरमा नेपाली कांग्रेस पाल्पाका नव निर्वाचित सभापती हिमालदत्त श्रेष्ठले आफ्नो […]

Read More…

रामपुर अस्पतालमा प्रसुती शल्यक्रिया सेवा ठप्प

सुशीला रेग्मीरामपुर (पाल्पा), १५ पुस पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुदै आएको प्रसुती शल्यक्रिया सेवा अहिले ठप्प छ । बिशेषज्ञ डाक्टर नहुदा सो सेवा सुचारु गर्न सकिएको छैन । डाक्टर बासुदेव सुवेदीले अन्यत्र गएपछि सो सेवा बन्द भएको हो ।डाक्टर सुवेदी सो अस्पतालको जिम्मेवारीबाट निस्केपछि (अन्यत्र गएपछि) गत असोज यता शल्यक्रियामार्फत प्रसुती सेवा सुचारु हुन सकेको […]

Read More…

सरकारको लगानी बालुवामा पानी, वर्षौदेखि अलपत्र अवस्थामा खानेपानी योजना

सुशीला रेग्मीरामपुर (पाल्पा), १५ पुस ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानै छ । करोडौँका सरकारी योजना निर्माण कार्य थालिएपनि बीचमै अलपत्र बनेका छन् भने कतिपय योजना शिलन्यास भएर पनि अघि बढ्न नसकेका प्रशस्तै योजना भेटिन्छन् ।राज्यले खर्चेका योजनाहरु समयमा नै सम्पन्न नहुदा सरोकारवालाहरु कहिले काम सकिएला भनेर दिन गन्ती गरेर बस्न बाध्य छन् । […]

Read More…

लक्ष्मी लघुबित्त संस्थाद्धारा बीमा रकम हस्तान्तरण

सुशीला रेग्मीरामपुर (पाल्पा), १५ पुसलक्ष्मी लघुबित्त वित्तीय संस्था लिमिटेड रामपुर पाल्पाले बीमा रकम हस्तान्तरण गरेको छ । रामपुर नगरपालिका २ बस्ने दिलमाया सार्कीको निधन भएपछि उहाँको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।रामपुुर नगरपालिका ४ सदावर्तमा संचालित संस्थाको कार्यालयबाट मृतक सार्कीले रु तीन लाख कर्जा लिएको शाखा प्रमुख अम्मरराज जोशीले बताउनुभयो । संस्थाबाट ऋण चलाउदा […]

Read More…

होमवर्क नगरेको स्कूले बच्चाले लाइन काटिदिन विद्युत् कार्यालयमा फोन गरेपछि…

एक स्कूले बालकले पढ्नुपर्छ भनेर बिजुलीको लाइक काटिदिन विद्युतका कर्मचारीलाई फोन गरेको अडियो भाइरल बनेको छ । अडियो भारतको हो । विद्युत् विभागमा फोन गरेर ती बालकले साँझ ६ बजे ट्युसन पढाउन म्याम आउने भएकाले ६ बजेपछि लाइन काटिदिन आग्रह गरेका हुन् । ती बच्चाले भनेका छन्– अंकल लाइन काट्दिनुस् न प्लिज । ६ बजे […]

Read More…

ल्होसार पर्वको अवसरमा भाेलि (बिहीबार) सार्वजनिक विदा

काठमाण्डाै, पुस १४ तमु ल्होसार पर्वको अवसरमा सरकारले भाेलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिईन् । सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ । बिदाबारे […]

Read More…

देशभर वर्षा, अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

काठमाडाैं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी […]

Read More…

१३०९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो

काठमाडौं, १४ पुस शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो । आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् […]

Read More…

रामचन्द्र पौडेलले प्रकाशमान र शेखरसँग प्रतिशोध साँधेपछि नजिककाको पनि ‘राजनीति सकियो’ !

काठमाडौं । दुई दिन अघिसम्म सभापतिको दौडमा रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल आफ्नै समूहका नेता प्रकाशमान सिंह र शेखर कोइरालाको अडानका अगाडी हार खाए । उनले अब कुनै बैठकमा नआउने ‘धम्की’ दिएर सिंह निवास चाक्सीबारीबाट बाहिरिए । प्रकाशमान सिंहले सहमति गर्नेभए आफ्नै नाममा गर्न अन्यथा प्रतिष्पर्धा गर्न चुनौती दिएपछि पौडेलको यो भनाइ आएको थियो […]

Read More…

गाउँस्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगीता हुदै

सुशीला रेग्मीरामपुर (पाल्पा), १२ पुसगाउँस्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतीयोगीता कार्यक्रमका सन्दर्भमा मंगलवार पत्रकार भेटघाट कार्यक्रम भएको छ । मुनस्टार युवाक्लब रामपुर नगरपालिका ६ माझटोल पाल्पाको आयोजनामा आउँदो पुस १६ गतेदेखि खुल्ला भलिबल प्रतीयोगीता कार्यक्रम गर्दैछ । खेल संयोजक राजन आलेको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष […]

Read More…

अनाथ बालबालिकालाई शैक्षिक सामग्री

सुशीला रेग्मीरामपुर (पाल्पा), १३ पुसरामपुर नगरपालिका वडा नं ७ पाल्पाले स्टेशनरी सामग्री वितरण कार्यक्रम गरेको छ । मंगलवार आधारभुत माध्यमिक विद्यालयमा नै पुगेर वडाले विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको हो । कार्यवाहक वडा अध्यक्ष दुर्गादेवी भण्डारी गौतमको अध्यक्षतामा एक कार्यक्रम गरी विद्यालयका २९ जना अनाथ विद्यार्थीलाई सामग्री प्रदान गरिएको छ ।नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सामग्री […]

Read More…

नवज्योती साकोसको १२ औँ साधारण सभा

सुशीला रेग्मीरामपुर (पाल्पा), १३ पुसनवज्योती वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर नगरपालिका ८ पाल्पाको १२ औँ वार्षिक साधारण सभा सकिएको छ । संस्थाका अध्यक्ष योगराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना रामपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बोमबहादुर नामजाली रहनुभएको हो ।कार्यक्रममा मुख्य पाहुना वडा अध्यक्ष नामजाली, वडा सदस्य गिता क्षेत्री, लेखा […]

Read More…

Top