बैशाख ३१ गतेको चुनाव १० दिनपछि सार्न नेतृत्वमाथि दवाव

0

काठमाडौं, बैशाख २– स्थानीय तहको निर्वाचन आउँन मात्र २९ दिन बाँकी रहेको सन्दर्भमा सत्ता साझेदार नेपाली काँग्रेसको प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले स्थानीय तहको निर्वाचन १० दिन पछि सार्न पार्टी नेतृत्वलाई दवाव दिएका छन् ।

मधेशी मोर्चालाई सहमतिमै ल्याएर निर्वाचन गराउनुपर्ने जोड दिँदै आएका उनीहरुले त्यसका लागि आवश्यक परे निर्वाचनको मिति १० दिन पछि सार्न पनि नेतृत्व तयार हुनुपर्ने धारणा राखेका हुन् ।

स्थानीय तहको निर्वाचनमा सम्बन्धमा प्रदेश नम्बर दुईका पार्टीका केन्द्रिय सदस्य, सांसद र जिल्ला सभापतिहरुसँग शनिवार पार्टी कार्यालय सानेपामा जारी छलफलमा ७ वटा जिल्लाका सभापतिहरुले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुवैका लागि हित हुने धारणा राखेको राखेका हुन्

उनीहरुले निर्वाचन एकैचरणमा सम्पन्न गर्नुपर्नेमा पनि जोड दिएका छन । मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन आवश्यक परे १० दिन पछि निर्वाचन गर्न पनि पार्टी नेतृत्व तयार हुनुपर्ने धारणा प्रदेश नम्बर दूईका जिल्ला सभापतिहरुको रहेको नेता रमेश रिजालले जानकारी दिए ।

नेपाली काँग्रेसका मधेश केन्द्रित नेता तथा सांसदहरुले निर्वाचनको मिति पछि सारेर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुवैको लागि हित हुने धारणा राख्दै आएका छन् ।
सरकारले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने भन्दै बरु २ चरणमा गर्न लचिलो अडान राख्दै आएको छ । अन्नपूर्णपाेष्टबाट

किन दुख्छ ढाड, ढाडको दुखाई कसरी कम गर्ने?

0

डा.शिव चन्द्र आमात्य हाडजोर्नी तथा नशा रोग विशेषज्ञ

दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाइ हो। अंगका जुनजुन भागमा जेजस्ता पीडा, समस्याका घाउचोट छन् तिनका समाधान वा उपचार गर्ने विधि पनि बेग्लाबेग्लै हुन्छन्।

समान्यतयाः गर्दनको पछाडि (घिच्रो) र नितम्ब (चाक) बीचको मध्यरेखामा हुने दुखाईलाई ढाड दुख्नु भनिन्छ। मेरुदण्डको निर्माणमा सहभागी हड्डी र मांसपेशी लाई असर गर्ने रोग र अवस्थाले ढाड दुख्छ। यस्तो दुखाई मेरुदण्ड मा जहाँ कहिँ पनि हुन सक्दछ। तर मुख्य गरेर मेरुदण्डको तल्लो भागको समस्या बढी देखिएको छ। मांसपेशी कडा भए झैँ अथवा घाऊ भए झैं अथवा खुट्टा पसार्दा वा मेरुदण्ड चल्दा भएको तीब्र दुखाई दुखेको ठाउँ बाट अन्यत्र सरे झैं अनुभव हुन्छ।

ढाड दुख्नुको मुख्य कारण गलत तरिकाले काम गर्नु वा बस्नु नै हो। त्यसक्रममा ढाड वा नजीकको मांसपेशीमा असर परेर ढाडको समस्या शुरू हुन्छ।

कुर्सीमा बसेर बढी समयसम्म काम गर्नेलाई ढाडको समस्या धेरै हुन्छ। एउटै ‘पोजीसनमा’ बस्दा पछाडिको मांसपेशी एकदमै थाकेको हुन्छ। ढाडलाई अफ्ठेरो गरेर राखिराख्यो भने मांसपेशी थाकेर ढाड दुख्छ।

‘पोजिसन’ ठिक भएन भने पनि ढाड दुख्छ। लामो यात्राको समयमा पनि यो समस्या आउँने गर्छ।

एउटै ‘पोजीशनमा’ २० मिनेटभन्दा धेरै बेर बस्दा पनि ढाड दुख्छ। जुनसुकै काममा एउटै ‘पोजिशनमा’ बस्दा ढाड दुख्छ। ढाडको अधिकांश समस्या मांसपेशी कमजोर भएर हुन्छ। नशा सम्बन्धी समस्याले पनि ढाड दुख्छ तर यो सम्भावना तीन प्रतिशत मात्रै हुन्छ।

ढाडको ‘मुभमेन्टलाई’ नियन्त्रण गर्न नसकेको बेलामा पनि मांसपेशी कमजोर हुन्छ। जसले गर्दा ढाड दुख्छ।  यस्तो बेलामा दुखाई कम हुने औषधि खानुपर्छ। कम भइसकेपछि मांसपेशीलाई बलियो बनाउनुपर्छ। त्यसका लागि मांसपेशी सक्रिय हुनुपर्छ। कहिलेकाँही ढाडको समस्या किड्नीमा पत्थर परेर पनि हुन्छ। पेटको समस्या भयो भने पनि समस्या हुन्छ। तर यस्तो समस्या एकदमै कम हुन्छ।

हड्डी खिइने समस्याले पनि ढाड दुख्छ। हड्डी खिइएपछि पनि नशा च्यापिन्छ जसले गर्दा ढाड दुख्छ।

ढाड दुख्नु का कारणहरू :

शारीरिक एवम् चोटपटक सम्बन्धी कारणहरूः मेरुदण्ड भाँच्चिनु वा मेरुदण्डको भाग चिरिनु, मेरुदण्डको आन्तरिक भाग उछिट्टिनु, मेरुदण्ड र जोर्नी सम्बन्धी जन्मजात समस्या हुनु।

वाथ एवं हड्डी खिइने रोगः वाथ अर्थात् विभिन्न कारण ले जोर्नी दुख्ने र सुन्निने रोग र उमेर अनुसार मेरुदण्ड खिइने र नशा थिचिने समस्या ले ढाड दुख्न सक्छ। तेस्तै  हड्डी को संक्रमण, हड्डीको मासी (क्याल्सियमको कमीले हड्डी कमजोर हुनु), अस्थिमृदुता (osteomalacia) आदि ले पनि ढाड दुख्न सक्छ।

पछाडिको मांसपेशीमा तनाव:  जुन अत्यधिक भारोत्तोलन, भार अनुपयुक्त तरीकाले उचाल्नु, नमिल्दो आसन र नियमित व्यायामको कमीकाकारण हन्छ।

मूत्रनलीको समस्या: जस्तै मृगौलामा पानी जम्नु, मृगौलाको पत्थरी, मूत्राशय, मूत्रनलीको तल्लो भागमा संक्रमण आदिद्वारा तल्लो ढाडमा  दुखाई हुन सक्दछ। गर्भावस्था, महिनावारीमा  र महिनावारी पछिको समयमा सामान्यतयाः ढाड दुखेको हुन्छ।

ढाड दुख्ने नब्बे प्रतिशत कारणहरू यस्ता छन्।

  • ‘अड पोजिशन’
  • एउटै ‘पोजिशनमा’ धेरै बेर बसेर
  • धेरै ‘जर्की मुभमेन्टमा’ बसेर
  • धेरै लामो यात्रा गरेर
  • धेरै गह्रौ भारी उठाउँदा

 चिकित्सक कहाँ कति बेला जाने ?

धेरैजसो ढाडको दुखाई छोटो हुन्छ र घरेलु उपचार र दुखाई कम गर्ने औषधीबाट निको हुन्छ। तर निम्न अवस्थामा भने  चिकित्सकीय सल्लाहलिनु जरुरी हुन्छ-

दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा। ज्वरांश र सामान्य विसंचो सँगै ढाड दुखेमा।

ढाडको दुखाई कडा भएमा, केही समय पछि निको नभएमा वा आराम गर्दा वा उत्तानो पर्दा पनि दुखेमा।

खुट्टामा झमझम वा कमजोरी भएमा वा उभिँदा वा हिड्दा गाह्रो भएमा।

यदि आन्द्रा वा मूत्राशयमा नियन्त्रण नभएमा यो स्नायुगत समस्या वा उपचारको अवस्थाको कारण हुन सक्छ। जसको उपचार उचित तवरले गर्नुपर्दछ।

कसरी गर्ने उपचार

ढाडको दुखाईको उपचार दुखाई के कति कारणले भएको हो सोही अनुसार गर्नुपर्दछ। ढाडको दुखाईको पहिचान रक्त परीक्षण, मूत्र परीक्षण, एक्सरे, सीटी स्क्यान, एम.आर.आई आदि विभिन्न तरीकाबाट गर्न सकिन्छ। उपचारको मुख्य लक्ष्य दुखाईबाट छुटकारा पाउनु र हिडडुलमासहयोग पुर्‍याउनु नै हो।

दुखाई र जलन कम गर्न इबुप्रोफेन, पारासिटामोल जस्ता जलन/सुजन प्रतिरोधक ननस्टेरोइड औषधीहरूको आवश्यकता पर्दछ। तातो वाबरफको स्थान विशेषमा गरिने प्रयोगले पनि जलन र दुखाई लाई कम गर्न सक्दछ।

जुन मांसपेशीमा दुखेको छ त्यसले ‘ल्याक्टिकेसिड’ निकाल्छ। यसलाई ठीक गर्छ। ‘मसल्सलाई रिल्याक्स’ गराएर दुखाई कम गराउनुपर्छ।

यदि नशा च्यापिएको छ भने अली बढी ध्यान दिनुपर्छ। नशा च्यापिएकोलाई अलि कडा खालको ‘स्टेरवाइडहरू’, दुखाई कम हुने औषधिहरू खानुपर्छ र ६ हप्तासम्म बेड रेष्ट गर्नुपर्छ। मांसपेशीमा मात्रै समस्या आएको भए भए दुई दिन मात्रै बेडरेष्ट गर्दा ठीक हुन्छ।

नशा च्यापिएको छ भने अरू समस्या पनि आउँछ। बेडरेष्ट लगातार गर्दा यसले ढाड दुखाईलाई निरन्तरता दिइरहन्छ।

६ सातामा पनि ठिक भएन भने सर्जरी नै गर्नुपर्छ तर यो सम्भावना निकै कम हुन्छ।

हड्डी खिइएर भएको हो भने हड्डी रगटिएर नशा निश्कने बाटो साँघुरो हुँदै जान्छ। नशा च्यापिएपछि नशाहरू खुम्चिन्छ जसले गर्दा मांसपेशी कमजोर हुन्छ। मांसपेशी कमजोर भएपछि बिरामीलाई दुख्छ।

दुखाई कम हुने औषधिले पनि ठिक भएन भने अल्ट्रासाउण्डसम्म गर्नुपर्छ। कहिलेकाँही किड्नीमा समस्या आएको पनि हुनसक्छ।

पत्थर छ कि, पाठेघरमा समस्या छ कि भनेरसमेत  ध्यान दिनुपर्छ। पिसाबमा केही समस्या छ कि परीक्षण गर्नुपर्छ।

कसैलाई स्थायी रूपमा ढाड पनि दुख्छ। यस्तो बेलामा बेलाबखत थेरापी गरिरहनुपर्छ। यो भनेको मांसपेशीलाई बलियो बनाउने नै हो।

नशा च्यापिने भनेको कुरकुरे हड्डी फुटेर पनि हो। अर्को हड्डी खिएर पनि हुन्छ। यो क्रोनिक खिइएर हुन्छ। यस्तो समस्या ६०/७० वर्ष कटेपछि मात्रै हुन्छ। तर कुरकुरे हड्डी फुट्यो भने युवा उमेरमा पनि यो समस्या हुन्छ। नशा च्यापियो भने खुट्टा झमझम हुन्छ। त्यो हुनु भनेको नराम्रोको लक्षण हो। यस्तो बेला कडा खालको औषधि समेत खानुपर्ने हुन्छ।

डाक्टरको निगरानीमा औषधि खानुपर्छ। औषधिले सुन्निएको कम गर्छ नशा सुन्नीएर साँघुरिएको भागलाई खुलाउने कामगर्छ। नशा च्यापिने कुरा कसैको नियन्त्रणको कुरा होइन। यो कुरकुरे हड्डी फुटेर पनि हुन्छ।नशा च्यापिएको छ भने दुखिरहन्छ। अर्को व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान नदिएर पनि हो।

मांसपेशी दुःखेको छ तर उसले वास्ता गरेन भने समस्या बढ्दै जान्छ। दुखाई बढ्यो दुई दिन औषधि खायो अनि मनपरी गर्‍यो, ढाडको व्यायम पनि गरेन भने त्यसले समस्या पार्छ।

फेरि दुई दिनमा ढाड दुख्छ फेरि औषधि खान्छ तर स्थायी समाधानको खोजी गरेको हुँदैन जुन गलत हो। यसका लागि औषधि खानुपर्छ दुई दिन ‘बेड रेष्ट’ र तीन दिन घरमै ‘रेष्ट’ गर्‍यो भने पाँचौ दिनमा ठिक हुन्छ। त्यसपछि ‘फिजीयोथेरापी’ गर्न सकिन्छ। तर दुखाई कम भएन भने भित्र के कारणले दुःखेको हो त्यो पत्ता लगाउनुपर्छ।

कुनै कारण पत्ता लाग्यो भने त्यसको औषधि गर्नुपर्छ तर मांसपेशी कमजोर भएर हो भने त्यही अनुसारको उपचार गर्नुपर्छ। नब्बे प्रतिशत भन्दा बढी कारण मांसपेशी कमजोर भएर नै हो।

यसलाई लापरबाही गरियो भने ढाड दुखिरहन्छ धेरै नै लापरबाही गर्‍यो भने कुरकुरे हड्डी फुटेर नशा च्यापिन जान्छ। ढाडको ‘सर्जरी’ बिरलै मात्र गरिन्छ। बिरामीले सहनै सकेन भने मात्रै ‘सर्जरी’ गर्नुपर्छ। यसको जटीलता आफ्नै ठाउँमा छ।

त्यसैले ढाड ओरिपरीको मासु बलियो बनाउनुनै राम्रो हो।

घरेलु उपचार :

  • भूईमा लम्पसार परेर मांसपेशीको तल्लो भागलाई तन्काउने र मांसपेशीको तल्लो भागलाई तन्काउन घुंडा खुम्च्याएर छातीमा ल्याउने।
  • मनौबैज्ञानिक तनाव र थकाईसँग सम्बन्धित ढाडको दुखाई कम गर्न नियमित हल्का व्यायाम गर्न सकिन्छ।
  • ढाडको मालिसले बाउँडिएको निको भई ढाडको दुखाई कम गर्न मद्दत पुग्दछ र मांसपेशीमा संचो हुन्छ। दुखाई मार्न मल्हमसँगै मालीसले पनिदुखाइमा काम गर्छ।
  • मनतातो पानीमा नुहाउनाले सामान्य तनाव दूर हुन्छ र संचो हुन मद्दत पुग्दछ। मनतातो पानीले बाउँडिएको र तन्किएको मांसपेशीमा संचोहुन्छ। पानीको तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी हुनुहुँदैन।
  • नरम तकिया सँगै नरम तन्नामा आरामदायक सुताईको वातावरण बनाउनुपर्छ।
  • यदि अन्य विधिद्वारा बाँउडिएको कम गर्न मद्दत नपुगे वा दुखाई लामो भएमा दुखाई कम गर्न ५०० मिलिग्रामको ओरल पारासिटामोल औषधीप्रयोग गर्नुपर्दछ। दुखाई कम गर्ने अन्य औषधी लिनु भन्दा अघि चिकित्सकसँग सम्पर्क गर्नुपर्दछ।
  • लामो समयसम्म कुप्रिएर बस्न हुँदैन। प्रत्येक २० देखि ३० मिनटसम्म उठबस गर्ने र खुट्टा तन्काउने गर्नुपर्दछ। बस्दा डँडाल्नोलाई सिधा राखीसामान्य बसाई हुनुपर्दछ।
  • छोटो कुर्कुच्चा भएको र आरामदायक जुत्ता लगाउनुपर्दछ। अग्लो कुर्कुच्चा भएको जुत्ताले झन् बढी गाह्रो र असर पार्न सक्दछ। साथै तल्लोडँडाल्नोमा दबाब सिर्जना गर्न सक्दछ।
  • विशेषतः गर्भावस्थामा र बच्चा जन्मिसकेपछि केही महीना लामो समयसम्म उभिनु हुँदैन।
  • लामो समय उभिएर गर्ने काम नगर्ने।
  • खानासँगै पर्याप्त मात्रामा क्याल्सियम र भिटामिन डी लिने।प्रस्तुतीः सन्जिब बगाले

अब के गर्छन् धुर्मुस-सुन्तली ?

0

अब मेरीबास्सै नियमित चल्ने, समाज सेवा पनि जारी रहने

वैशाख २, काठमाण्डाैं

‘भूकम्प आउला, घरहरु भत्केलान्, अनि हामी पुनः निर्माणमा जुटौला’ धुर्मुस उर्फ सीताराम कट्टेलले ठट्यौली शैलीमा सुनाए, ‘यस्तो कहिल्यै सोचिएन, सोच्ने कुरा पनि भएन ।’

महोत्तरीको बर्दिबासमा मुसहरका लागि ‘एकीकृत नमुना बस्ती’ बनाइसकेपछि हामीले धुर्मुस-सुन्तली जोडीलाई सोधेका थियौं, ‘अब अर्को बस्ती निर्माणको योजना छ कि ?’ जबाफमा उनीहरुले भने, ‘भूकम्पले घर भत्काउला र हामी बनाउदै हिँडौला भन्ने योजना थिएन । अब कथाले जे माग्छ, त्यही गर्ने हो ।’

कथाले के माग्छ ?

बिनासकारी भूकम्पले थलिएका कैयौं परिवार अझै झुप्रामा छन् । काखे लालावाला, रोगी, बुढापाका त्यही झुप्रोमा कोचिएर कठिन दिनहरु गुजार्दैछन् । सरकार आउला, घर बनाइदेला भन्ने झिनो आशा पनि अब तिनीहरुमा बाँकी छैन, सायद । राज्यको कोषमा अर्बौ रुपैयाँ जम्मा भएको । राज्यसँग मनग्ये पैसा छ । श्रम शक्ति छ । प्रविधि छ । तर राज्यको अकर्मण्यता हेर्दा लाग्छ, यहाँ केहि भएकै छैन । सबैकुरा ठिकठाक छ ।

हास्य शृंखला ‘मेरी बास्सै’ र देश-विदेशका कन्र्सटको कमाइबाट गुजारा गर्दै आएका धुर्मुस-सुन्तलीसँग दिल खोलेर खर्च गर्नेगरी ‘ब्यांक ब्यालेन्स’ थिएन । न, उनीहरुसँग अथाह श्रम शक्ति थियो । तर, आफुले कठिनसाथ आर्जन गरेको ‘लोकपि्रयता’को आलोकमा टेकेर उनीहरु भूकम्प पीडितको घर बनाउन तम्सिए । यो ‘शुभ-कर्म’मा लाखौं हात जुटे । पैसा हुनेले पैसा दिए, नहुनेले पसिना ।

पुस्तौंदेखि भोका मुसहरहरुले समेत गिरानचौरको घर बनाइदिन श्रम बेचें । गाँस कटाएर १५ हजार रुपैयाँ जम्मा गरे र पहाडेको दुखमा अंगालो हाल्न आइपुगे ।

यो सबै हुनुमा, धुर्मुस-सुन्तलीप्रतिको विश्वास र सद्भावले काम गरेको थियो । जब धुर्मुस-सुन्तली आफुसँग केहि नभएर पनि अरुलाई दिन हार्दिकतापूर्वक अघि सर्छन्, लाखौं-करोडौं देशी-विदेशी उनीहरुको पछि लाग्छन् ।

धुर्मुस-सुन्तलीको सामुन्ने राज्य एकदमै ‘बामपुड्के’ छ ।

त्यही भएर, झुप्रोमा कठ्याग्रिने रात खेपिरहेका लाखौं भूकम्प पीडित सोच्दा हुन्, ‘धुर्मुस-सुन्तली हाम्रो आँगनमा प्रकट भइदियोस् ।’ काभ्रे डाँडाको पहरी गाँउ जस्तै, सिन्धुपाल्चोकको गिरानचौर जस्तै, बर्दिबासको मुसहर बस्ती जस्तै ‘एकिकृत नमुना बस्ती’ बनाइदिए हुन्थ्यो ।
के अब अर्को बस्ती बनाउँछन् ?

केही समयअघिसम्म धुर्मुस-सुन्तली स्पष्ट रुपमै भन्थे, ‘मुसहर बस्तीमा एकिकृत नमुना बस्ती बनाएपछि हामी फरक काममा मोडिन्छौं ।’ उनीहरु ‘भौतिक निर्माण’लाई छाडेर चेतना परिवर्तन गर्ने बाटोमा लाग्ने बताउँथे । उनीहरुको उद्देश्य थियो, ‘बालमैत्री समाज निर्माण ।’

बस्ती निर्माण’पछि लोकप्रियताको उत्कर्षमा पुगेका धुर्मुस-सुन्तली संभवत यहि बिन्दुबाट आफ्नो अभियानलाई बिट मार्ने सोचमा थिए । उनीहरुलाई लाग्दो हो, धेरै हौसिएर अघि बढ्दा कहिल्यै नउठ्ने गरी पछारिन सक्छ । त्यसैले यहि उचाईमा यो अभियानलाई छाडिदिनुपर्छ ।
तर, पछिल्लो कुराकानीमा उनीहरुको मनस्थिती अलि भिन्न पाइयो । सायद कैयौं शुभेच्छुकको ढाडस पाएर होला, धुर्मुस-सुन्तलीले स्पष्ट नभनेपनि अर्को बस्ती निर्माणमा संलग्न हुनसक्ने संकेत गरे ।

सीतारामले भने, ‘यही काम गछौं भन्ने योजना त छैन, हेरौं परिस्थितीले कता लाग्न्छ, त्यही गर्ने हो ।’ अब फेरी अर्को बस्ती निर्माणमा पनि लाग्ने हो कि भन्ने जिज्ञासामा उनले त्यसको कुनै छिनोफानो गर्न चाहेनन् । अर्थात्, उनको भनाईबाट के बुझ्न सकिन्थ्यो भने परिस्थितीले त्यस्तै मोड लियो भने, नयाँ बस्ती निर्माणको अभियान पनि सुरु हुनसक्छ । ‘मुसहरको एकिकृत नमुना बस्ती निर्माणपछि हामी पुरै योजनाविहीन हुन्छौं, के गर्ने के नगर्ने भन्ने कुनै छिनोफानो भएको छैन ।’

हामीले कुञ्जनासँग सोध्यौं, ‘भूकम्पले घरबारविहीन बनाएका लाखौं अहिले पनि छाप्रोमा छन्, उनीहरुले धुर्मुस-सुन्तली हामीकहाँ पनि आइदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका होलान् ?’

कुञ्जनाले भनिन्, ‘अपेक्षा हुनु स्वभाविक हो । तर, हामी आफैपनि जागरुक हुनुपर्छ । हामी आफै तङ्गि्रनुपर्छ, जाग्नुपर्छ । अरुमा निर्भर हुनुभन्दा आफैलाई केहि गर्न सक्ने इच्छाशक्ति हुनुपर्छ ।’ यद्यपी तेस्रो एकिकृत नमुना बस्तीपछि फेरी अर्को यस्तै योजना थाल्ने कुरामा उनी मौन रहिन् । यो मौनताको अर्थ थियो, अहिले तुरुन्तै त्यसको निर्णय भएको छैन । कुनै ठोस योजना बनाइएको छैन ।

हिमाल-पहाड-तराईलाई सुत्रबद्ध

गिरानचाैर बस्ती हस्तान्तरण

जतिबेला धुर्मुस-सुन्तली झाडु बोकेर ‘सरसफाई अभियान’का लागि महोत्तरी पुगेका थिए, मधेस आन्दोलन उत्कर्षमा थियो । मधेसी र पहाडेबीच ठूलो अन्र्तद्वन्द्व थियो । भूगोल मात्र होइन, भावना पनि बिभाजित थियो, मधेसी र पहाडेबीच ।

धुर्मुस-सुन्तली मध्य तराई प्रवेश गर्नै लागेका थिए । तर, मधेशी समुदायमा पहाडेप्रतिको रोष, आवेग उनीहरुमाथि खनिन सक्थ्यो । यहि भयले उनीलाई मोडेको थियो, बर्दिबास नजिकैको मुसहर बस्तीमा । स्थानिय पत्रकार राजकिरण महतोले उनीहरुलाई सुनाए, ‘एउटा यस्तो बस्ती छ, जसको अवस्था देखेर तपाईहरुको मन बिझाउँनेछ ।’ नभन्दै उनीहरु राजकिरणको पछि लागेर मुसहर बस्ती पुगे । त्यहाँको अवस्था देखेर उनीहरु निस्सासिए ।

‘अब यी मुसहरहरुको पुस्तौदेखि खोसिएको खुसी फर्काउनुपर्छ’ भन्ने लाग्यो उनीहरुलाई । अन्तत उनीहरु जागे, मुसहरले कहिल्यै नसोचेको पक्की घर बनाइदिन । जब धुर्मुस-सुन्तलीले मुसहरका लागि ‘एकिकृत नमुना बस्ती’ बनाउने उद्घोष गरे, त्यसबेला उनीहरुसँग पुग्दो पैसा थिएन । श्रम शक्ति छँदै थिएन । तर, उनीहरुको यो उद्घोषसँगै हरेकले हार्दिकतापूर्वक सहयोगको हात बढाए ।

काभ्रेका पहरी गाँउ, सिन्धुपाल्चोकका गिरानचौरबाट थुप्रै जना दुईवटा खसी लिएर मुसहर बस्ती पुगे । दिनरात खटिएर पसिना बगाए, हातमा ठेला उठाए

राजनीतिले चिरेको मधेसी र पहाडेको भावनात्मक सम्बन्ध जोड्ने सेतु बन्यो, यही अभियान । मधेसी भूगोलमा जन्मिएका, मधेसी संस्कृति अंगाले, मधेसी भाष र लवज भएका समुदायको खुसी फर्काउन पहाडदेखि हिमालसम्मका मानिसहरु ओइरिए । काभ्रेका पहरी गाँउ, सिन्धुपाल्चोकका गिरानचौरबाट थुप्रै जना दुईवटा खसी लिएर मुसहर बस्ती पुगे । दिनरात खटिएर पसिना बगाए, हातमा ठेला उठाए ।
त्यसैगरी यसअघि मुसहरहरुले गिरानचौरबासीको घर ठड्याउन आफ्नो गाँस कटाएर पैसा जुटाएका थिए । के मधिसे, के पहाडे एकमुष्ठ भए । एकढिक्का भए । हेर्दाहेर्दै रहरलाग्दा मुसहर बस्ती ठडियो । आफ्ना खातिर पसिना चुहाएका पहाडेहरु बिदाई गर्ने बेला मधिसे समुदायको आँखा रसायो । उनीहरु सबै पहाडै दाजुभाईलाई गाम्छा ओडाइदिए । पहाडेले मधेसी दाजुभाईलाई ढाका टोपी पहिराइदिए ।

सीताराम भन्छन्, ‘हाम्रो एकीकृत नमुना बस्तीले हिमाल, पहाड र तराईलाई जोडेको छ ।’

उनको कुरामा कुनै सन्देह छैन ।

अब कलारिता छाड्छन् ?

सामाजिक अभियान्ताको रुपमा अघि बढेका धुर्मुस-सुन्तली अब टेलिभिजन स्क्रिनमा सीमित हास्य जोडी मात्र होइनन् । समाजले, देशले विश्वास गरेको सामाजिक अभियान्ता हुन् । आफ्नो हुँदाछदाको करियर दाउमा राखेर, काखे बच्चा घरमा छाडेर, गृहस्थी जीवन थाती राखेर उनीहरु दुखीको आँसु पुछ्न जुटे ।

जसै बिनासकारी भूकम्पले लाखौंको घर उजाडियो, झाडु बोकेर ‘सरसफाई अभियान’मा दौडिरहेका धुर्मुस-सुन्तलीको यात्रा मोडियो । उनीहरु राहत सामग्री बोकेर भूकम्पले तहसनहस बस्तीमा पुगे । राहत बाढें । दुखसुख साटे । तर, मनको पिर सङ्लिएन । त्यसैले उनीहरु कलाकारिताबाट बिश्राम लिएर समाजसेवामा फड्को मार्न आइपुगे ।

अब धेरैलाई लाग्छ, के धुर्मुस-सुन्तलीले कलाकारितालाई बिट मार्छन् ?

सीताराम भन्छन्, ‘हाम्रो उद्गम बिन्दु कलाकारिता नै हो । त्यसैले कलाकारिता छाड्दैनौ । बरु समानन्तर रुपमा दुबैलाई अघि बढाउँछौं ।’ अहिले मेरी बास्सै पनि पुनः प्रसारण हुन थालेको उनले बताए । सुन्तली अभिनयमा फर्किसकेकी छिन् । धुर्मुस पनि अब पुरानो लयमा फर्कनेछन् । यद्यपि समाजसेवा भनेर जारी रहनेछ । अनलार्इनखबर

स्थानीय तहमा कांग्रस एकतावद्दः वरिष्ठ नेता पाैडेल

0

पाल्पा, चैत ३०
स्थानीय तहकाे निर्वाचनमा कांग्रेस एकतावद्द भएर अगाडि बढेकाे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । संविधान सभाको निर्वाचनमा पार्टी भित्र अन्तरघात नभएको भए कांग्रेस बहुमत सहितको ठूलो पार्टी बन्ने थियो, नेता पौडेलले भने । तर यस पटकको स्थानीय तहको निर्वाचनमा पार्टी एकतावद्ध रुपमा लागेको छ ।
बुधबार प्रेस युनियनले तानसेनमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा बोल्दै नेता पौडेलले ठूला दलले आफूमात्र चुनावमा जाने इच्छा राख्नुभन्दा सबैलाई समेट्ने प्रयास गर्नुपर्ने भन्दै मधेसी दलहरूको चित्त बुझाउन प्रस्ताव दर्ता भएको बताए । उनी भन्छन्, ‘देश कसैको चित्त बुझाउने नाममा कहिँकतै फँसिरहेको भएता पनि ठूला दलको दायित्व अरु सानादललाई सँगै लैजानु पनि हो । लामो राजनीतिक प्रयासपछि देश परिवर्तनको अवस्थामा रहेकोले यसलाई व्यवहारमा उतार्न आवश्यक छ ।’
कांग्रेस वरिष्ठ नेता पौडेलले चुनावलाई व्यवधान सिर्जना गरेर मधेशी दलले प्राप्त गर्न खोजेको उपलब्ध के हो बुझ्न नसकिएको बताए । गाउँ, नगर, प्रदेश, देश सबै स्वायत्त हुनुपर्ने, जनता स्वायत्त हुनु नपर्ने ? उनले मधेशी दललाई प्रश्न गरे । ‘यो वा त्यो वाहानामा चुनाव टार्ने प्रयास भैरहेको छ । चुनाव जनता र देशलाई चाहिएको हो । चुनावमा आउन सबैलाई सहज होस् भनेर सुधारिएको प्रस्ताव ल्याईएको छ,’–पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले जनताले निर्वाचन चाहेकोले माओेवाद वा कुनै पनि क्रान्तिका नाममा अस्थिरता फैलाउने राजनीति गर्न नहुने बताए ।
सरकारले संसदमा विचाराधीन संविधानको दोस्रो संशोधन विधेयक फिर्ता लिई प्रदेशको सीमांकन हेरफेर बाहेकका विषयमा नयाँ संशोधन विधेयक मंगलबार दर्ता गरेको छ ।

डीअार्इजी सिलवालद्वारा सर्वोच्चमा फेरि रिट दायर

0

काठमाडाैं:  प्रकाश अर्याललाई नेपाल प्रहरीकाे महानिरीक्षक (अाइजीपी)मा गरिएको नियुक्ति बदर गरी आफूलाई महानिरीक्षक बनाउन परमादेशको माग गर्दै डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ।

सिलवालले सर्वोच्च अदालतको बृहत पूर्ण इजलासको फैसला अनुसार आफूलाई प्रहरीको महानिरीक्षक (आइजीपी) बनाउन परमादेशको माग गर्दै मंगलबार सर्वोच्च अदालत पुगेर रिट दर्ता गराउनु भएको हो। यसअघि पनि मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा जयबहादुर चन्दलाई नियुक्त गरेपछि डिआइजी नवराज सिलवाल फागुन १ गते सर्वोच्च अदालतमा रिट दायर गराउनु भएको थियो

सरकारले सोमबारमात्रै डीआईजी प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेको थियो। आईजीपीमा नियुक्त भएसँगै हिजोनै अर्यालले पदभार ग्रहणसमेत गरिसक्नु भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गठन गरेकाे चार सदस्यीय समितिले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेस गरेपछि अर्याललार्इ अाइजीपीमा नियुक्त गरिएकाे थियाे। समितिले पेस गरेको कार्यसम्पादनको नम्बरका आधारमा डीआईजी अर्याललाई प्रहरी प्रमुख बनाउने निर्णय भएको हो।

कार्यसम्पादनमा नवनियुक्त आईजीपी अर्यालको चार वर्षको औसत १५४ अंक छ। समितिले पेस गरेको मूल्यांकनअनुसार सिलवालको १५२.४ अंक मात्र छ भने डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले जानकारी दिएको छ। कार्यसम्पादनका आधारमा बढी अंक भएका अर्याललाई सरकारले सर्वोच्चको फैसलाको मर्मअनुसार नै आईजीपीमा नियुक्त गरिएकाे सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनु भएकाे थियाे।

सरकारले फागुन १ गते डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरे पनि फुली लगाउन नपाउँदै डीअार्इजी सिलवालकाे रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएर नियुक्ति बदर गरेको थियो। सर्वोच्चले चैत ८ गते गरेको फैसलामा चन्दको बढुवा खारेज गर्दै कार्यासम्पादनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो। सर्वोच्चले चार वर्षको कार्यसम्पादनमा सिलवाल नै पहिलो नम्बरमा देखिएको जिकिर गर्दै सिलवाललाई नै प्रहरी प्रमुख बनाउनुपर्ने आशयसहितको परमादेश दिएको थियो।

यसअघि चन्दलाई आईजीपी बनाउने निर्णयमा सर्वोच्चले रोक लगाएपछि सरकारले प्राविधिकतर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको थियो । अन्नपूर्ण

पाल्पामा मेयर र अध्यक्षमा कहाँ काे चर्चामा हेनुस् !

0

पाल्पा, चैत २९
आउँदो वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा उम्मेदवार काे कहाँबाट बन्ने भन्ने चर्चाले तिव्रता पाएकाे छ । जिल्ला सदरमुकाम रहेकाे तानसेन नगरपालीकामा नेपाली कांग्रेसका चकोरमान शाक्य, अजयमान कर्माचार्य, सन्तोषलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, राजेन्द्र गोपाल सिंह, हिमालदत्त श्रेष्ठ, मधुदयाल सैंजु, राजु महर्जन मेयरका सम्भावित उम्मेदवार हुन् । नेकपा एमालेबाट अशोककुमार शाही, एकप्रसाद भण्डारी, डा. पुरन बज्राचार्य र रामप्रसाद पोखरेल चर्चामा रहँदा नेकपा माओवादी केन्द्रका नेत्रप्रसाद पाण्डेय, केशव पौडेल र प्रेमसागर शाही चर्चामा छन् । राप्रपाका भीमसेन कार्की, रेवन्त बहादुर बिष्ट र धु्रव खाती राष्ट्रिय जनमुक्ति पार्टीबाट खुमबहादुर सिंजाली, होमबहादुर थापाको नाम सम्भावित उम्मेदवारका सार्वजनिक भएको छ । नेपाली कांग्रेसबाट लालु राना, राप्रपाकी चमेलीदेवी श्रेष्ठ र जनमुक्तिकी बिष्णुमाया थापा सम्भावित महिलाका रुपमा नाम अगाडी सारिएको छ ।
रामपुर नगरपालिकामा नेपाली कांग्रेसका रमण थापा, देवराज ढकाल, ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भट्टराई, कृष्णप्रसाद अधिकारी र कल्प पौडेल । नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ, युवराज खनाल, लेखनाथ पोखरेल, टंक खनाल, बुद्धिराज गौतम, राजेन्द्र लम्साल र बासुदेव देवकोटा सम्भावित उम्मेदवार हुन् । नेकपा माओवादी केन्द्रका कमल भट्टराई, जितबहादुर थापा (हिरा) तारानाथ ढकाल, गीता सुनार र जनक ढकाल तथा राप्रपाकी शोभा केसी र ज्ञानबहादुर सिंजालीको नाम अनौपचारिक रुपमा बाहिर आएको छ ।
आठ गाउँपालिका र दुई नगरपालिका रहेको पाल्पामा दुई नगरपालीकामा साना दलको पनि उम्मेदवार चर्चामा छन् । अधिकांश गाउँपालिकामा साना दलहरुका उम्मेदवारहरुको चर्चा भने कम देखिएको छ ।
कसको चर्चा कहाँ ?
१. निस्दी गाउँपालिका
कांग्रेसका पूर्णबहादुर खाँड र खामबहादुर सोमै चर्चामा छन् । एमालेका देवीलाल लामिछाने, दमनसिं पाटा, दलबहादुर जर्घा र न्यौबहादुर सुनारी । माओवादी केन्द्रका बलु गैरे, नवलकुमार बयम्वु र भुपिन सुनारी । यो गाउँपालिकामा महिला उम्मेदवार अध्यक्षमा चर्चामा नहुँदा अधिकांश युवाको चर्चा सुरु भएको छ ।
२. पूर्वखोला गाउँपालिका
कांग्रेसका झमन राजमगर, अनिरुद्र खनाल र किशोर पंगेनी । एमालेतर्फ नुनबहादुर थापा, राजेन्द्रलक्ष्मी गैरे, इश्वरी न्यौपाने, रिमप्रसाद श्रेष्ठ र जीवन आचार्य । माओवादी केन्द्रका प्रेम गैरे, शिव भट्टराई, धनबहादुर दर्लामी र भीमबहादुर सारुको नाम अगाडी आएको छ । एमालेकी राजेन्द्रलक्ष्मी गैरे बाहेक यो गाउँपालिकामा महिला उम्मेदवार देखीएका छैनन् ।
३. रम्भा गाउँपालिका
कांग्रेसका विश्व अर्याल, बिष्णु बमरेल, भरत रसाइली र योगेश भण्डारी । एमालेका बिष्णु भण्डारी, कालीदास श्रेष्ठ र उर्मिला शर्मा । माओवादी केन्द्रबाट अर्जुनकुमार श्रेष्ठ, सुबी विक, दिनेश अर्याल र कल्पना केसीको चर्चा छ ।
४. माथागढी गाउँपालिका
कांग्रेसका सन्तोष थापा, रामेश्वर पन्थी र रनबहादुर खाम्चा । एमालेबाट बिमलप्रसाद काफ्ले, अर्जुन रेग्मी र यमबहादुर चिदी । माओवादी केन्द्रका हरि चौहान, नवल श्रेष्ठ, तिलकुमारी पोखरेल र राप्रपाका पदम राना, छकलाल चौहान, र बेदकुमारी गाहा सम्भावित उम्मेदवार हुन् ।
५. बगनासकाली गाउँपालिका
कांग्रेसबाट कृष्णप्रसाद बस्याल, थानेश्वर तिमिल्सेना र सुनिता अधिकारी । एमालेका देवीप्रसाद बस्याल, मोहन थापा, कमल पाण्डेय, हरि पाठक र भगवान भण्डारी । माओवादी केन्द्रका मथुरा ढकाल, कृष्ण भुसाल र शान्ता न्यौपाने तथा राप्रपाका बिष्णु पाण्डे, कपिल ढुंगाना र लक्ष्मण सिंह राना चर्चामा छन् ।
६. तिनाउ गाउँपालिका
कांग्रेसका जुद्धबहादुर थापा, महेन्द्र पाण्डेय र लालबहादुर थापा । एमालेका ओमबहादुर घर्ती मगर, लक्ष्मण थापा र दलबहादुर गुरुङ । माओवादी केन्द्रका चोपलाल गिरी, राजेश श्रेष्ठ, चक्रबहादुर थापा, र जानुका घर्ती चर्चामा रहँदा अन्य साना दलको गतिविधि भने यस गाउँपालिकामा कमै देखिन्छ ।
७ रिब्दीकोट गाउँपालिका
कांग्रेसका गोविन्द पोखरेल, हिराधर आचार्य, गोविन्द आचार्य, खड्गबहादुर कुंवर र कान्ता अधिकारी । एमालेका नारायणबहादुर जिसी, दुर्गा खनाल, रामजी भट्टराई, चिरञ्जीवि पोखरेल, तुलबहादुर अधिकारी, र गीता पाण्डे । माओवादी केन्द्रका नविन वली, मिरा राना, मेघराज आचार्य र आशिष दुधराज । राप्रपाका भोजेन्द्रबहादुर कुँवर, नारायण बहादुर कुवर र खिमानन्द पाखरेलको नाम अगाडी आएको छ ।
८. रैनादेवी छहरा गाउँपालिका
नेपाली कांग्रेसका रामबहादुर कार्की, रुक्मागत भट्टराई, बिष्णु पोखरेल र नलबहादुर थापा । एमालेका रामबहादुर राउत, रामजी पोखरेल, झलक रायमाझी, लालबहादुर दर्लामी लगाएतको नाम चर्चामा छ । माओवादी केन्द्रका फर्सबहादुर थापा, तुलाराम गरम्जा, चन्द्रप्रकाश परियार, खेममाया सुनारीको नाम अगाडी सारिएको छ ।

नेपाल आएका पाकिस्तानी पूर्वकर्नेल बेपत्ता

0

चैत २८, काठमाडौं- संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तर्वार्ता दिन भन्दै तीन दिनअघि नेपाल आएका पाकिस्तानी सेनाका पूर्वकर्नेल मोहम्मद हबिब जाहिर बेपत्ता भएका छन्। नेपालस्थित पाकिस्तानी दूतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ।

 

उनी जागिरका लागि अन्तर्वार्ता दिन भन्दै नेपाल आएका हबिब हराएकोबारे पाकिस्तानी दूतावासले चासो राख्दै खोजी गरिदिन पत्र पठाएपछि नेपाली सुरक्षा निकायले घटनाबारे जानकारी पाएका हुन्।

नेपालमा युएनको जागिरका लागि बिहीबार नेपाल आएका उनी हराएको भन्दै परराष्ट्र हुँदै प्रहरी प्रधान कार्यालयमा पत्र आएपछि प्रहरी खोजीमा जुटेको छ। उनी एजे५१२२९६४ नम्बरको पासपोर्टमा डब्लुवाई३४४ कलसाइनको उडानमा नेपाल आएको पाकिस्तानको डिफेन्स मिनिस्ट्रीले जानकारी दिएको छ।

ओमन हुँदै नेपाल आएका उनी सोही दिन आन्तरिक उडानबाट भैरहवा पुगेको र उनले पाकिस्तानमा रहेका आफ्नो परिवारलाई लुम्बिनी आइपुगेको जानकारी दिएको र त्यसपछि  सम्पर्कमा नआएको दूतावासको पत्रमा उल्लेख छ।

उनी जागिरका लागि अन्तर्वार्ता दिन भन्दै नेपाल आएका हबिब हराएकोबारे पाकिस्तानी दूतावासले चासो राख्दै खोजी गरिदिन पत्र पठाएपछि नेपाली सुरक्षा निकायले घटनाबारे जानकारी पाएका हुन्।

आइतबार परराष्ट्रबाट गृह मन्त्रालय हुँदै हबिब हराएकोबारे प्रहरीको अपराध अनुसन्धान विभागमा पत्र पुगेपछि आतंकवाद र अन्तर्देशीय अपराध हेर्ने प्रहरीको निकाय विशेष ब्युरो उनको खोजीमा खटिएको छ।

‘नेपाल आएका पाकिस्तानी पूर्व कर्नेल हराएकोबारे जानकारी आएपछि उनको खोजी शुरु गरेका छौं,’ प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने ‘उनको खोजीका लागि केन्द्रसँगै भैरहवा प्रहरीलाई समेत खटाएका छौं।’

उनको हवाई यात्राको विवरण संकलन गर्दा एयर अरेबियाको उडानमार्फत पाकिस्तानबाट ओमन आएको र ओमनको मस्कटबाट ६ अप्रिलमा नेपाल आएको देखिएको ब्युरोका एक अधिकारीले बताए। ती अधिकारीका अनुसार उनी जुन दिन काठमाडौं उत्रिए त्यही दिन बुद्ध एयरको उडानबाट भैरहवा गएको विवरण समेत फेलापरेको छ।

‘काठमाडौंमा उत्रिएलगत्तै उनी सिधै भैरहवा गएकाले  अन्तर्वार्ता भन्दै नेपाल आएको सूचना सही देखिन्छ,’ अनुसन्धानरत स्रोतले भन्यो ‘तर, त्यहाँबाट उनी कता गए र उनलाई कसले बोलाएको थियो त्यो भने खुल्न सकेको छैन।’

नेपाल आउनुको कारण शंकास्पद

हबिब जुन कारण नेपाल आएको भनिएको छ र उनलाई अन्तर्वार्ता दिन जहाँ बोलाइएको छ यो नै सबैभन्दा शंकास्पद देखिएको छ। प्रहरीलाई आएको औपचारिक जानकारीमै उनलाई युएनको जागिरका लागि अन्तर्वार्ता दिन लुम्बिनि बोलाइएको उल्लेख छ।

लुम्बिनीमा कुनै राष्ट्रसंघीय नियोगको कार्यालय छैन। पाकिस्तानी पत्रिका ‘डन’ को समाचारमा उल्लेख भएअनुसार सन् २०१४ मा अवकाश पाएका उनले रोजगारीका लागि एक वेबसाइटमा व्यक्तिगत विवरण राखेका थिए। सोही विवरणलाई आधार बनाएर उनलाई मार्क थम्सन नामका व्यक्तिले फोन गरेका थिए।

यी दुवैबीच इमेलमा समेत कुराकानी भएको थियो। इमेलमा मार्कले उनले खोजेअनुसारको जागिरका लागि अन्तर्वार्ता दिन नेपाल आउनुपर्ने बताएका थिए। उनलाई नेपाल आउने हवाई टिकटसमेत मार्कले नै पठाइदिएका थिए।

नेपाल आएलगत्तै उनलाई ओमनमा जावेद अन्सारी नामका एक व्यक्तिले आफ्नो नामको ९८१३८४८६८९ नम्बरको सिमकार्ड दिएको डिफेन्सडटपिकेले दाबी गरेको छ। उनी सोही सिम हालेको मोबाइल लिएर लुम्बिनी पुगेका थिए। डनका अनुसार लुम्बिनी पुगेर परिवारको सम्पर्कमा आएका उनको मोबाइल नम्बरमा अहिले सम्पर्क हुन सकेको छैन।

डनका अनुसार उनी हराएपछि उनलाई आएको फोनकलको नम्बर खोज्दा बेलायतको नम्बर देखियो, जुन नक्कली रहेको खुल्यो। इन्टरनेट कलमार्फत फोन नम्बर परिर्वतन गरिएको खुलेको डनले लेखेको छ। उनीसँगको इमेल संवाद भएको इमेल भारतीय वेबसाइटसँग सम्बन्धित देखिएको उल्लेख गरिए पनि कुन साइट हो खुलाइएको छैन।

रम्भा गाउँपालिकामा को बन्ला अध्यक्ष !

0

चैत २७, पाल्पा
आसन्न स्थानीय चुनावको मिति वैशाख ३१ नजिकीदै जाँदा निर्वाचनको माहोलले सम्भावित उम्मेदवार तथा कार्यकर्ताको चहलपहलले जिल्लामा तिव्रता पाएको छ । लामो समयदेखीको पर्खाईको प्रतिक्षामा रहेका कार्यकर्ताले उम्मेदवारको चर्चा परिचर्चा गर्न थालेका छन् ।
साविकको हेक्लाङ्ग गाविसको वडा नं. १ र हुँगी, पिपलडाँडा, फोक्सिङ्गकोट, हुमीन र ताहुँलाई समेटेर रम्भा गाउँपालिका बनाईएको छ । जिल्लाको क्षेत्र नं. १ र २ को मिश्रण भएको यस गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका युवाहरुको चुनावमा सक्रियता बढी देखिन्छ । नेकपा माओवादी केन्द्रले पनि आफ्ना गतिविधि बढाउन थालेको छ ।
साविक गाविस हुँदा एमालेको बलियो मानिने हुँगी गाविसमा हेक्लाङ्गको कांग्रेसको बलियो वडा नं. ९ थपिँदा कांग्रेस बलियो भएको विश्लेषण नागरिकले गर्न थालेका छन् । साविक पिपलडाँडा गाविसमा कांग्रेस, फोक्सिङ्गकोटमा एमालेको प्रभाव रहिरहँदा हुमीन र ताहुँमा कांग्रेसले फड्को मारेको कुरा बाहिर आएको छ ।
ताहुँबाट एमालेले उम्मेदवारलाई टिकट दिँदा अन्य जुनस्थानबाट कांग्रेस आए पनि विजयी हुने सुनिश्चित जस्तै छ । यदि हुँगीका व्यक्तिलाई टिकट दिँदा पिपलडाँडा निर्णायक बन्न सक्छ । हुँगी र पिपलडाँडामा पाँच हजारका दरले मतदाता रहँदा अन्य वडामा भने दुई हजार पाँच सय र तीन हजार पाँच सयमात्र मतदाता छन् । हुँगी र पिपलडाँडा यस गाउँपालिकाको निर्णायक विन्दु हो ।
रम्भा गाउँपालिकाको सम्भावित अध्यक्षकालागि नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि दानबहादुर पछाई अग्रपंक्तिमा छन् । तर पछाईले गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने इच्छा नदेखाएकोले कांग्रेसले विष्णु थापालाई अगाडी सार्ने गर्र्यो तर थापालाई पनि साविक ताहुँ गाविसको वडा अध्यक्षमा उम्मेदवारका रुपमा वडाले निर्णय गरेकोले विश्व अर्याल, बिष्णु बमरेल र भरत रसाइलीको नाम अगाडी सारिएको छ । सँगै गाउँपालिकामै प्रेस युनियन सचिव मुक्तिप्रसाद न्यौपाने र त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियू सचिव भएका योगेश भण्डारीलाई प्रमुख दाबेदार युवाका रुपमा हेरिएको छ ।
नेकपा एमालेबाट साविक हुँगी गाविसका अध्यक्ष बिष्णु भण्डारी प्रमुख दावेदारका रुपमा रहँदा रम्भा बहुमुखी क्याम्पस ताहुँका पूर्व शिक्षक कालिदास श्रेष्ठ र उर्मीला शर्माको नाम पनि चर्चामा छ । माओवादी केन्द्रबाट अर्जुनकुमार श्रेष्ठ, सुबी विक, दिनेश अर्याल र कल्पना केसीको नाम उम्मेदवारका रुपमा चर्चामा रहेको छ ।

चुनावको मिति नजिकिँदै जाँदा छिटो उम्मेदवारको नाम सुन्न मतदाता आतुर देखिएका छन् । यस क्षेत्रमा कांग्रेस, एमाले र माओवादी बिचमा कडा प्रतिस्पर्धा हुने विश्लेषण भैरहँदा राप्रपा नेपालले समेत केही भोट पाउने देखिन्छ ।

जसले आफ्नै श्रीमानको मृत्युको समाचार पढिन !!

0

सधैंझै शनिबार बिहान पनि भारतको एक टेलिभिजनकी समाचारवाचिका सुप्रित कौर स्टुडियोमा छिरिन्। समाचार पढिरहेको बेला एउटा ब्रेकिङ न्यूज आयो– सडक दुर्घटनामा तीन जनाको मृत्यु।

छत्तीसगढका क्षेत्रीय टिभी च्यानलकी समाचारवाचिका सुप्रितले त्यही बेला घटनास्थलमा संवाददातालाई फोन लगाइन्। र, घटनाका बारेमा थप जानकारी मागिन्। मासामुन्ड जिल्लाको पिठौरामा भएको उक्त दुर्घटनाबारे जब संवाददाताले फोनमा वर्णन गर्न थाले तब सुप्रितले थाहा पाइन्, त्यो गाडीमा त उनका श्रीमान् हर्षद कावाडे पनि थिए। उनले मृतकको सनाखत भइनसकेको बताए। उनले केही नभएजस्तो गरी आफ्नो भावनालाई काबुमा राखेर समाचार वाचन पूरा गरिन्। समाचार सकिएपछि उनले फेरि संवाददातालाई फोन गरिन्। आफ्नो श्रीमानको मृत्यु पुष्टि भयो।

सुप्रितका साथीहरुले उनले व्यक्तिगत पीडामा पनि आफूलाई सम्हालेर कामप्रतिको दायित्व निर्वाह गरेको भन्दै तारिफ गरेका छन्।  कौर आइबिसी २४ टिभी च्यानलमा ९ वर्षदेखि काम गरिरहेकी छन्। हर्षदसँग एक वर्षअघि मात्रै उनको विवाह भएको थियो।

Chhattisgarh TV anchor reads out breaking news of her husband’s death in car accident

Supreet Kaur of IBC-24 kept her composure during Saturday morning’s live news bulletin as a reporter phoned in details of a fatal accident involving a Renault Duster at Pithara.

IBC-24 news anchor Supreet Kaur reads out the bulletin.(Screengrab)

Hindustan Times, Raipur

Her job is to read news on TV and Supreet Kaur did just that by reading the breaking news of her husband’s death in a road accident, leaving her shell-shocked colleagues speechless by her exemplary commitment.A news reader at Chhattisgarh’s private IBC-24 channel, Kaur kept her composure during Saturday morning’s live news bulletin as a reporter phoned in details of a fatal accident involving a Renault Duster at Pithara in Mahasamund district earlier in the day.

The reporter said three of the five people travelling in the vehicle were dead. Though he did not identify the dead, there was enough for Kaur to instantly realise it could be her husband. He too was to travel in a Renault Duster along the same route during the same time along with four companions.

She broke down, but only after having walked out of the TV studio after the news hour.

Video courtesy: IBC-24

“She is an extremely brave lady. We are proud of her as an anchor, but what happened today has left us in shock,” said a colleague.

Kaur, 28, has been a news anchor with IBC-24, one of Chhattisgarh’s most-viewed channels, for the past nine years. Hailing from Bhilai, she had married Harsad Kawade a year ago and the couple were residents of Raipur.

Kaur has left for the accident site. But back at office of the TV channel, her courage is dominating the conversations.

“She got a sense that it was her husband’s vehicle. She read the bulletin and only when she came out of the studio, she started calling her relatives,” a senior editor said.

The editor said the staffers had come to know that her husband was dead while she was reading the news. “But we did not tell her. We did not have the courage,” the editor explained.

In any case, Kaur’s courage is unmatchable.

सडक निर्माणले कालिगण्डकी जलयात्रा प्रभावित

0

पाल्पा, चैत २७
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग निर्माणले नेपालको एकमात्र जलयात्रा प्रभावित बनेको छ । कालीगण्डकी जलविद्युतको ‘ड्याममा ¥याफ्टिङ्ग’ गर्न आउने पर्यटकहरु घटेसँगै जलयात्रा प्रभावित बनेको हो ।
स्याङ्जाको मिर्मी आँधीमुहानदेखी पर्वतको सेतीवेणी शालिग्राम शिलासम्मको जलयात्रा पर्यटकको अभावमा अनियमित हुन थालेको छ । झण्डै तीन किलोमिटरको जलयात्रा कारिडोर र लोकमार्गका कारण प्रभावित बन्दै गएको हो । सडक निर्माणका कारण जलयात्राका लागि कालीगण्डकी पुगेका स्वदेशी तथा विदेशी पर्यटक जलयात्रा गर्ने स्मीमर नपाएर समस्यामा परेका छन् । स्याङ्गा, गुल्मी र पर्वत जिल्लाको संगमस्थल सेतीवेणीमा शीला दर्शन गर्न पुग्नेहरु समस्यामा पर्ने गरेका हुन् । तीन जिल्लाहरुका विभिन्न स्थानहरु पुग्नेहरु कालीगण्डकी लोकमार्ग प्रयोग गर्न थालेसँगै जलयात्रा प्रभावित बनेको हो । एक स्टीमरले एक सय देखी एक सय २० जनासम्म व्यक्तिहरुलाई एक पटकमा जलयात्रा गराउन सक्छ । जसको प्रतिव्यक्ति एक सय रुपैयाँ एकोहोरो भाडादर तय गरिएको छ । तर स्टीमरको नियमितता नभएपछि कतिपय पर्यटकले महँगो शुल्कमा स्टीमर रिजर्भ समेत गर्न बाध्य भएका छन् ।
दुई वर्ष यता जलयातायात व्यवसाय जीर्ण अवस्थामा पुगेको शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका व्यवसायी तिलाचन पौडेलले बताए । उनी भन्छन्, ‘ड्यामको दुवै तर्फ बाटो खुल्यो । मानिसहरु त्यहिबाट आवतजावत गर्न थाले । मर्मत भन्दै समयसमयमा परियोजनाले पानी घटाउँदा समेत जलयात्रा प्रभावित बन्छ । अहिले नियमित छैन ।’ केहि वर्ष अघिसम्म दैनिक दुई तीन पटकसम्म दश स्टीमरले जलयात्रा गराउने गर्थे । अहिले दैनिक मुस्किलले दुईदेखी तीन वटा एक पटकमात्र जलयात्रा हुने उनले बताए । ‘आन्तरिक पर्यटक प्राय शुन्य भैसके । बाहिरको पर्यटक आउँदा र भ्रमणटोली आउँदामात्र जलयात्रा हुन थालेको छ,’–पौडेलले भने । स्टीमर सञ्चालन गर्ने पुराना व्यवसायी पलायन भैसकेको उनी बताउँछन् ।
स्टीमर सञ्चालन हुन कठिनाई भएपछि यसक्षेत्रका क्षेत्रका धेरै युवा बेरोजगार भएको स्टीमरका सहायक सुमन राना मगरले बताए । दैनिक हजारौं यात्रु तथा शालिग्राम दर्शनार्थीहरु ओसारपोसार हुन्थ्यो । मालसामान समेत जलयात्राबाटै लगिन्थ्यो । अहिले गाडीबाटै लगिन्छ । स्टीमरबाटै गुजारा गर्नेहरु बेरोजगार बनेका छन्, मगरले भने ।
बुधबार परिवारसँग शालिग्राम दर्शनकालागि पुगेका पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले जलयातायातमा यात्रा गर्नेहरु घटेसँगै स्टीमर अनियमित भएको बताए । उनी भन्छन्, ‘नेपालको एकमात्र मनोरञ्जनात्मक जलयात्रा प्रभावित बन्यो । परिवारलाई शालिग्राम शीला घुमाउन र ¥याफ्टीङ्गको मनोरञ्जन लिन स्टीमर नै रिजर्भ गर्नुप¥र्यो ।’
कालीगण्डकीमा दिनहुँजसो जलयात्राका लागि पर्यटक भित्रिने गरेका छन् । जलयात्रा गराएर पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएका छन् । अन्य मौसमभन्दा मार्चदेखि मे महिनासम्मको याम जलयात्राका लागि उपयुक्त मानिन्छ । जलयात्राका लागि पोखराबाट दैनिकजसो पर्यटक कालीगण्डकी आउने गरेका छन् ।
गुल्मीको हर्मीचौरदेखी पूर्तिघाट साईडमा नेपाली सेनाले करिडोर निर्माण सम्पन्न गरेसँगै नियमित गाडी सञ्चालनमा छ । स्याङ्जाको सेतीवेणी स्थानतर्फ भने झण्डै एक किलोमिटर ट्रयाक खुल्न बाँकी छ । यस अघि पनि करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रमले जलयात्रा प्रभावित बन्दै आएको थियो । नागरिकबाट