काकाकुल बन्दैछन् चुरेवासी

0

गङ्गा पराजुली/रासस

पशुपतिनर- इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ। चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुरिने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन्।

प्राकृतिक कुवा, धारा सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्न थालेकाे वर्षाैं भइसकेकाे छ। गाउँका पानीका मुहान सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाका लागि खोला र खोल्साका किनार पानीका स्रोत भएका छन्। चुरे क्षेत्रमा जङ्गल फँडानी, अव्यवस्थित बसोबास, विकास निर्माण र अतिक्रमणका कारण पानीका मुहान सुकेपछि स्थानीयवासीले खानेपानीका लागि सास्ती खेप्नु परेको महमाईका देवीभक्त कुमालले बताए।

चुरे क्षेत्रमा पर्ने माई नगरपालिका र चुलाचुली गाउँपालिका क्षेत्रमा वन फँडानी बढेसँगै वर्षात्मा हुने भूक्षय र बाढीपहिरोले पानीका मुहान पुरिने र सुक्ने गरेको छ। वर्षाैंदेखि उपभोग गर्दै आएको पानीको स्रोत सुकेपछि चुरे क्षेत्रका बासिन्दा खोला किनार तथा खेतमा ट्युवेल, इनार बनाई वर्षात्मा धमिलो र हिउँदमा बालुवासहितको पानी खान बाध्य छन्। आयस्रोत हुनेले ट्युवेल र इनारको पानी मोटरबाट घरमै तान्छन् भने नहुनेले खोला किनार धाउने गरेको दानाबारीका तेजबहादुर घिमिरेले बताए।

चुरे क्षेत्रको खानेपानी समस्या समाधानका लागि सरकारी निकायबाट प्रयास भए पनि दीर्घकालसम्म पानी हुने मुहान नहुँदा खानेपानी आयोजना अलपत्र छन्। वर्षातमा कुवा तथा धारोमा पानी भए पनि दक्षिणी चुरे क्षेत्रका बस्तीमा हिउँदमा पानीको अत्यधिक समस्या हुने गरेको छ। दिनप्रतिदिन खानेपानीका मुहान सुक्न थालेका छन्। पानीको सङ्कट भएसँगै विद्यार्थीले तिर्खा मेटाउन घरैबाट बोतलमा पानी ल्याउने गर्छन्। चुरे क्षेत्रका विद्यालयमा खानेपानी अभाव हुँदा तिर्खा लाग्दा पिउने र विद्यालय सरसफाइमा समस्या हुने गरेको माई नगरपालिकाका दीपक थेवेले बताए।

विद्यालय परिसरमा खानेपानी नभएकै कारण माई नगरपालिका–४ स्थित कन्काइ उच्च मावि, दीपज्योति प्रावि, महमाईको वीरेन्द्र निमाविलगायतका विद्यालयका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर विद्यालय जान बाध्य छन्। हिउँदभर विद्यालय गाउँबाट खोजेर ल्याइएकाे एक गाग्री पानीका भरमा चलिरहेकाे छ। कन्काइ उच्च माविका शिक्षक खेमराज लिम्बू विद्यार्थी पानी खान नजिकको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताउँछन्।‍

उनले भने, ‘पानी खान गएका विद्यार्थी कक्षामा ढिलो गरेर आउने गरेकाले पुनःकक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्छ।’ अत्यधिक वन फँडानी र खानेपानीको मुहान संरक्षण नहुँदा चुरे क्षेत्रका पानीका मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो। साविक दानाबारी गाविसको २, ३, ४, ५ र ७ नम्बर वडालाई समेट्ने गरी झन्डै दुई दशकअघि एसियाली विकास बैंकको सहयोगमा १ करोड ६७ लाख रुपैयाँ लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका  सय ४२२ मध्ये अहिले ८/१० धारामा मात्र मुस्किलले पानी आउँछ। आयोजनाको प्रायः सबै धारा भत्किएका छन्। बाँकीमा दानाबारीको सितलीबजार क्षेत्रका स्थानीयवासीले मर्मत गरी जेनतेन पानी प्रयोग गर्दैछन्।

साविक दानाबारीको–३ को गङ्टे–९ को माझीटार र महमाईको कलकते चुलीका बासिन्दालाई अहिले पानीको समस्या छ। खोलाछेउका बासिन्दाले खोला किनारमा खाल्डो खन्ने र ट्युवेल गाडेर भए पनि पानीको समस्या टार्दै आएको माई नगरपालिकाका कमल भण्डारीले बताए। ‘पहिले खोला किनारका गाउँमा १० फिट जति खन्दा पानी निस्कन्थ्यो अहिले २५/३० फिट खन्नुपर्छ’, उनले भने। चुलाचुली गाउँपालिकाका बासिन्दाले समेत खानेपानीको अभाव खेपिरहेका छन्। भएका खानेपानीका मुहान र कुवासमेत दिनप्रतिदिन सुक्दै गएकाले समस्या जटिल बन्दै गएको हो। खानेपानी लिन घन्टाैं धाउनुपर्ने र पालो कुर्नुपर्ने चुलाचुली गाउँपालिका आइतबारेका नरमाया बुढाथोकीले बताइन्। गाईवस्तुलाई पानी खुवाउन निकै समस्या छ।

‘वर्षायाममा त दुःखसुख गरी पानी खाइन्छ, हिउँद लाग्ने बित्तिकै मुहान सुक्छ, पानीको समस्या निकै हुन्’, उनले भने। पुराना खानेपानी आयोजनाका मुहान सुकेपछि धारामा पानी आउन छाडेको महमाईका सन्तराम योङहाङले बताए। गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलाको पानी उपभोग गर्ने गरेका छन्।

सहज छैन अमेरिकामा अध्ययन

0

बर्नहार्टबाट कक्षा ११ र १२ मा ८५ प्रतिशत ल्याई उत्तीर्ण भएका सन्तोष ज्ञवाली उच्च शिक्षाका लागि अमेरिका गए। पढाइसँगसँगै काम पनि गर्न पाइने भएकाले अमेरिका आएको उनले बताए। उनी इभान्सभिले विश्वविद्यालयमा छात्रवृत्तिमा गणित विषय लिएर स्नातक गरिरहेका छन्।

‘छात्रबृत्ति पाइने र ठूलो देश भएकाले भविष्य उज्ज्वल हुने आशा राखेर यहाँ आएको हुँ,’ सन्तोषले भने, ‘आइएलटिएस र टोफेल गरेर मात्र भर्नाका लागि आवेदन दिँदा भिसा लाग्ने सम्भावना बढी हुन्छ।’ पढाइसँगसँगै  विद्यार्थी काम गर्न केही गाह्रो भए पनि पढाइपछि काम गर्ने मौका पाउँदा मासिक दुईदेखि तीन लाखसम्म कमाउन सक्ने उनको भनाइ छ। अमेरिकामा अरू देशमा जस्तो लुकेर काम गर्न पाइँदैन तर हप्तामा २० घन्टा काम गर्ने अनुमति हुन्छ। बिदाको बेला भने फुलटाइम काम गर्न पाइन्छ।

नेपालमा उच्च शिक्षा हासिल गरेर पनि बरोजगारी बस्नेको संख्या धेरै छ। जसले गर्दा विद्यार्थीहरूको रोजाइमा नै ‘अब्रोड स्टडी’ आउने गर्छ। त्यहाँ जाने विद्यार्थीको मुख्य उद्देश्य सुरुमा पढाइ सक्ने र पछि राम्रो कमाइ गर्ने हुन्छ। त्यही उद्देश्यका साथ धेरै नेपाली विद्यार्थी अमेरिका आउने उनको बुझाइ छ। आफ्नो पनि त्यही नै उद्देश्य रहेका उनले बताए।

आर्थिक वर्ष (आव) २०७३/७४ मा तीन हजार दुई सय ७० र २०७४/७५ मा एक हजार सात सय ९० जनाले ‘नो अब्जेक्सन लेटर’ बनाएका छन्। चालू आवको माघसम्म सात सय ११ जनाले ‘नो अब्जेक्सन लेटर’ बनाएको शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाले जानकारी दिएको छ।

त्यसैगरी विज्ञान विषयमा कक्षा ११ र १२ सकाएकी सुनीता केसी अहिले टोफेल गरिरहेकी छन्। उनी अमेरिको टेक्सास स्टेट विश्वविद्यालयमा कम्प्युटर सफ्टवेयर विषय पढ्न जान खोजेका बताइन्। ‘सानैदेखिको चाहना अमेरिका गएर पढ्ने भएकाले दिनरात मेहनत गरिरहेकी छु,’उनले भनिन्। सेप्टेम्बर इन्टेकमा आफ्नो उच्च शिक्षा सुरु गर्ने चाहना रहेको उनले जानकारी दिइन्। ‘आफूमा नै कन्फिडेन्ट र सही प्रमाणपत्र भएपछि निश्चय नै भिसा लाग्छ,’ उनले भनिन्, ‘एकडेमिक स्टेटस पनि राम्रो छ र मिहिनेत पनि गरिरहेका छु र भिसा लागेर पढ्न पाउँछु भन्ने पनि विश्वास राखेको छु।’

कक्षा ११ र १२ पास गरेर अमेरिका जान ‘नो अब्जेक्सन लेटर’ लिन आउने विद्यार्थीको संख्या पछिल्लो समयमा बढेको वैदेशिक अनुमतिपत्र शाखाले जनाएको छ। पढाइका साथसाथै काम पनि गर्न मिल्ने र आफ्नो व्यक्तिगत खर्च र शिक्षण शुल्क तिर्न सक्ने भएकाले विदेश जान विद्यार्थी आकर्षित हुने ग्लोबल रिचका प्रमुख नारायण बजाजको भनाइ छ। ‘उच्च शिक्षाका लागि नेपाली जाने चौथो मुलुकको सूचीमा अमेरिका छ,’ उनले भने,  ‘विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया पहिलो नम्बरमा छ भने दोस्रोमा जापान।’

केशरमहलस्थित शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा ‘नो अब्जेक्सन लेटर’ बनाउन लाइनमा उभिरहेका बेला प्रकाश यादवले भने, ‘आइइएलटिएस वा टोफेल कक्षा लिएर राम्रो स्कोर ल्याएपछि अमेरिकामा पढ्न पाइन्छ र पढाइ पूरा भएपछि राम्रो अवसर प्राप्त हुने भएकाले उतै जाने विचार गरेको हुँ।’ उच्च शिक्षाका लागि बाहिर जान चाहनुमा पढाइभन्दा पनि रोजगारी प्रमुख कारण रहेको विद्यार्थीहरू सुनाउँछन्। ‘अमेरिकामा कमाइ र पढाइ दुवै हुने भएकाले त्यहाँ जान लागेको हुँ,’ यादवले भने। अमेरिका जान साढे १० लाखदेखि १५ लाखसम्म तिर्नुपर्ने उनको भनाइ छ।

‘अमेरिकी दूतावासले इन्टरभ्युमा विद्यार्थीलाई रिजेक्ट गर्ने सम्भावना बढी भएकाले अरू देशमा भन्दा अमेरिका जान कम विद्यार्थीले आवेदन दिने गर्छन्,’ अमेरिका जान तयारी अवस्थामा रहेकी केसीले भनिन्। इन्टरभ्यु दिन एक सय ६० अमेरिकी डलर तिरेर अगाडि नै समय लिनुपर्छ। आव २०७४/७५ मा ५८ हजार सात सय ५८ र चालू आवको माघसम्म ३९ हजार चार सय ४६ जनाले अनुमतिपत्र लिएको वैदेशिक अनुमतिपत्र शाखाका अधिकृत बमेश्वर राईले बताए।

अस्ट्रेलिया, जापान, भारत, अमेरिका, क्यानडा र चीनलगायत मुलुक जान बढी विद्यार्थी आवेदन दिन आउने शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाले जनाएको छ।

पाल्पा र होङ्सी सीमेन्टको चुनढुङ्गा खानी अवरोध हट्यो (भीडियाे सहित)

0

पाल्पा, फागुन ८
स्थानीयको अवरोधपछि बन्द रहेका होङ्सी शिवम् र पाल्पा सीमेन्ट उद्योगका खानी सञ्चालनमा आएका छन् । स्थानीयको माग पुरा गर्न वडाध्यक्षको अध्यक्षतामा समिति गठन गरेपछि सोमबारदेखी दुवै खानी सञ्चालनमा आएका हुन् ।
स्थानीयको समस्या कम्पनीले नबुझेको भन्दै निस्दी गाउँपालिका–७, ज्यामिरेका स्थानीयले फागुन १ गतेदेखी होङ्सी शिवम् सीमेन्ट उद्योगका टिप्पर सञ्चालनमा रोक लगाएका थिए । यस्तै माथागढी गाउँपालिका–७, रहबासका स्थानीयले १४ बुँदै माग सहित खानी उत्खनन कार्यमा अवरोध गर्दै आएका थिए । होङ्सी प्रभावित क्षेत्रका स्थानीयले आफुहरुका प्रतिवद्धता अनुसारका माग पुरा नभएको भन्दै अवरोध सिर्जना गर्दै आएका थिए । यता पाल्पा सीमेन्ट प्रभावित क्षेत्रका स्थानीयले धुलो धुवाँ नियन्त्रण नभएको भन्दै आन्दोलनमा उत्रिएका थिए । खानी प्रभावित दुवै क्षेत्रमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा बसेको छुट्टाछुट्टै सर्वपक्षिय भेलामा स्थानीयको माग सम्बोधन गर्न समिति गठन गरेपछि चुनढुङ्गा उत्खनन् क्षेत्रमा अवरोध हटेको हो ।

माथागढी गाउँपालिकाको रहबास र गोठादी क्षेत्रमा पाल्पा सीमेन्टले खानी उत्खनन् कार्य गर्दै आईरहेको छ । पाल्पा सीमेन्टले प्रभावित क्षेत्रका एक सय ५० घरधूरीलाई मुआब्जा नदिएको स्थानीयले बताएका छन् । स्थानीय चिन्तबहादुर बरालले आफुले सात रोपनी जग्गा खानीलाई दिएको तर उक्त रकमले तीन आना जग्गा समेत किन्न नसक्ने मुआब्जा प्राप्त गरेको बताए । टीका काफ्ले भन्छन् गाउँमा बस्न नसकिने अवस्था सिर्जना भएको छ । दैनिक ४ सय टिपर दैडिरहेका हुन्छन्, गाउँको जीवन प्रभावित बनेको छ ।
निस्दी गाउँपालिका–७, का स्थानीय नरबहादुर नेपालीले उद्योग सञ्चालन गर्नुपूर्व गरेका प्रतिवद्धता पुरा नहुँदा अवरोध गर्न बाध्य भएको बताए । उनी भन्छन्, ‘चार सय जनाले काम गर्दा स्थानीय ४ जनालाईमात्र रोजगारी मिलेको छ । विना शर्तमा गाविसको भवन भत्काईयो । ८० प्रतिशत मानिस उद्योगका कारण रोगी हुन पुगेका छन । नो हर्न बनाउनुपर्यो । विद्यालय सारिनुपर्यो ।’ नरेन्द्र आलेले बाउबाजेले गरि आएको जग्गामा उद्योगका कारण खेतीपाति गर्नै नसकिने भएको बताए । ‘खेती गरेर खान सकिएन । एउटा टिप्पर ऋण गरेर किनेको कम्पनीमा राख्नै निकै झण्झट गरियो । अब हामी बाँदरझै जंगलमा बस्ने की भारत जाने?’ आलेले प्रश्न गरे । ज्यामिरेमा शनिबार भएको सार्वपक्षिय भेलामा बोल्दै शिक्षक टेकबहादुर पल्लीले कम्पनीले धेरै आश्वासन बाँडेर काम कम गरेको बताए । उनी भन्छन्, ‘धेरै पटक सम्झौता स्थानीयसँग भएका छन् । तर कम्पनीले वास्ता गर्दैन । सुन्दैन । विद्यालय जाने बाटोमा ढुङ्गा खस्छ । विद्यालय समयमा पढ्न र पढाउन सकिंदैन ।’ तिलबहादुर आलेले सुरुङ खनेपछि खानेपानीको मूल समेत सुकेकोले आफुहरु पानी खानबाट समेत वञ्चित भएको बताए । सामुदायिक वनका अध्यक्ष खीमबहादुर आलेले वन क्षेत्रमा तोकिएकाभन्दा बढी रुख काटिएको आरोप लगाउँदै क्षतिपूर्ती माग गरे । मनबहादुर सारुले आफु उद्योगकै कारण विस्थापित भएको बताए । उनले भने, ‘म विस्थापित भएँ । जग्गा प्राप्त गरें तर घर पाउन सकिन ।’ सारुले प्रभावित क्षेत्रमा ५ सय ७६ घर रहेको क्षेत्रमा उद्योगकै कारण स्थानीय धेरै समस्याहरु थपिँदै गएको बताए ।

निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले रोजगारको ग्यारेन्टी उद्योगले गर्नुपर्ने बताए । ‘गाउँपालिका र कम्पनी मिलेर चाइनिज भाषा सिकाउन हामी तयार छौं । स्थानीयलाई रोजगारी भने दिनुपछ । कम्पनी आएपछि धेरै विनाश भएको तर कम्पनी पुरा सञ्चालनमा आउँदा विकास हुने कुरामा स्थानीयको अपेक्षा रहेको छ, अध्यक्ष सारुले भने, स्थानीयले राखेका मागहरु सबै जायज हुन् । उद्योगले तत्परता देखाउनुपर्छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बहुर्राष्ट्रिय गौरवको परियोजना उद्योग रहेकोले अवरोध गर्न नहुने र उद्योगले स्थानीय मागहरुलाई सम्बोधन गर्दै जानुपर्ने बताए । उनी भन्छन्, ‘स्थानीयलाई असर पारेर काम गर्नु पनि हुन्न । उद्योग चलाउन दिँदै दिन्नौं भन्नु पनि हुन्न । दुवै तर्फको जीत हुने गरि काम गरौं ।’
होङ्सी सीमेन्टका प्रतिनिधी जीवन निरौलाले आफुहरुले स्थानीयका मागहरुको बेवास्ता नगरेको बताए । उनी भन्छन्, ‘कम्पनीले सक्नेलाई रोजगार र नसक्नेलाई अवसर दिन तयार नै छ । सबैले दक्षता अनुसारको काममा अवसर पाउँदै जानेछन् । हाम्रा पनि केही सीमितताहरु छन् । मोटरबाटो पनि न्यूनतम पहुँचयोग्य बनाएका छौं । सडक विभागले यसको स्तरोन्नति लगायतका काम गर्दै छ । खोलमा अस्थायी ह्युम पाईम राखेको हो । यो स्थायी होईन । विद्यालयलाई प्राथमिकता दिएर स्थानान्तरणको लागि जग्गा छनौट भएको छ ।’ उनले देशकै नमूना परियोजनाका रुपमा रहेको चीन र नेपालको लगानी रहेको उद्योग सञ्चालनमा अवरोध हुँदा करोडौं घाटा हुने बताए । ‘जनवरी १ बाट महिनामा १÷२ दिन अवरोध भैरहेको छ । उद्योग सञ्चलनमा कठिनाई छ । १२ हजार टनमा चल्नुपर्ने उद्योग ३ महिना भयो सुरु भएको ६ हजार टन उत्पादनमा मात्र चलिरहेको छ । अझै पुरा सफल भैसकेको छैन । रोजगारीमा ज्यामिरे र पोखरीछापबाट संख्या बढाउँदै जान्छौं । टिप्पर सञ्चालनका लागि स्थानीयलाई सधैं बाटो खुला छ, तर कम्पनीको विधि र प्रक्रिया पनि पुरा गर्नुपर्यो, निरौलाले भने, स्थानीय सरकारसँग मिलेर अगाडी बढ्न चाहिरकेको हो । सबै माग एकै पटक पुरा हुँदैनन् । समय पर्खनुपर्छ ।’
पाल्पा सीमेन्ट उद्योग खानी प्रभावित क्षेत्रका स्थानीयको माग पुरा गर्न माथागढी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष जगबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय समिति बनाईएको छ । होङसी प्रभावित क्षेत्रको समस्या समाधान गर्न नस्दी गाउँपालिका–७, ज्यामिरेका वडाध्यक्ष गगनसींह सोतीको अध्यक्षतामा ११ सदस्यीय समिति निर्माण गरिएको छ । दुवै समितिले स्थानीयको मागहरु प्राथमिकरण गरि कम्पनीलाई बुझाउने बताईएको छ । चुनढुङ्गा खानी उत्खननका काण निस्दी भुटुकेका २६ परिवार पूर्वी नवलपरासीतिर बसाइँ सरेका छन् । उनीहरलाई चुनढुंगा निकाल्ने होङ्सी शिवम सिमेन्ट उद्योगले नयाँ घर बनाइदिएको छ । होङ्सीले ज्यामिरेमा ३० वर्षका लागि चुनढुंगा उद्योग सञ्चालनको अनुमति पाएर काम गर्दै आएको हो । उद्योगका सामाजिक अधिकृत जीवन निरौलाले स्थानीयले पटकपटक माग आफ्नो तरिकाले राख्दै आएकोमा अब वडाध्यक्षको अध्यक्षतामा १३ सदस्यीय समितिबाट आएका मागहरु क्रमश पुरा गर्दै जाने बताए । निस्दी गाउँपालिका ७ का वडाध्यक्ष गगनसिंह सोतीले चुनढुङगा लैजाँदा स्थानीयलाई धेरै समस्या थपिएको भन्दै समिति मार्फत् मागहरु कम्पनीमा राख्ने बताए ।
होङ्सी शिवम् सीमेन्टले पहिलो चरणमा दैनिक ६ हजार टन सीमेन्ट उतपादन गर्दै आईरहेको छ । कम्पनीले दोस्रो चरणमा दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवमले सिमेन्ट उत्पादन थाल्ने भएपछि बजारमा ६ हजार टन सिमेन्ट आपूर्ति बढेको छ । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौता अनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखानाका लागि ३६ अर्ब ७५ करोड रुपैयाँ बढी लगानी गरिसकेको जनाएको छ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ ।
तस्वीरः
१. माथागढी गाउँपालिका–७, रहबासमा रहेको पाल्पा सीमेन्ट उद्योगको खानी उत्खनन कार्य हुँदै ।

जम्मु काश्मिरमा अर्को भीषण भीडन्त

0

भारत प्रशासित जम्मु काश्मिरमा आज बिहान भएको मुठभेडमा भारतीय सेनाका एक मेजर सहित चार जवानको मृत्यु भएको छ ।

पुलवा जिल्लाको पिंगलेनामा विद्रोही लडाकु र सेनाबीच रातभर गोलीहानाहान भएको हो । गोली हानाहानमा एक जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका  छन् । मुडभेडमा २ जना विद्रोही मारिएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ । मध्यरातबाटै सुरु मुठभेडमा बिहान केहीबेर फायरिङ रोकिएपनि घरघरमा सर्च अप्रेशन जारी रहेको जनाइएको छ । सो स्थानलाई सेनाले घेराबन्दीमा राखी कफ्र्यु लगाइएको छ ।

टोक्न सके टोक कान्छा, टोक्न सके टोक… Video Viral

0

काठमाडौं- गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसप्रति को चासो झन् बढेर गयो। उनले चार दिन अघि मात्र ‘लुट्न सके लुट…’ बोलको गीत सार्वजनिक गरेका थिए। तर सत्ताधारी दलका नेता कार्यकर्ताको दवावपछि शर्माले युट्युवबाट गीत हटाए।

https://www.youtube.com/watch?v=pJMx8Di67_w

गीत हटाइए पनि उनको गीत डाउनलोड गरेकाहरुले सामाजिक सञ्जालमा भाइरल बनाए। वर्तमान राजनीति, सरकारका काम, वेतिथिबारे कडा प्रहार गरिएको गीत एकाएक लोकप्रिय बन्यो।  सामाजिक सञ्जाल उनको पक्षमा रंगियो। सञ्चारमाध्यमले उनको गीतको समाचारलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गरे।

आजको नागरिक दैनिकमा रविन सायमिले उनकै गीतसंग सम्वन्धित कार्टुन बनाएका छन्। सायमिको नियमित स्तम्भ मुहूर्तमा प्रकाशित कार्टुनमा मादल र माइक बोकेका एक कलाकारलाई अरिंगालले लखेटिरहेका छन्। तर पनि ति कलाकारले माइक र मादल नछोडि दौडिरहेको कार्टुनमा देखिन्छ। सामाजिक सञ्जालमा उनको यो कार्टुन पनि भाइरल भइरहेको छ।

परम्परागत रहेको टपरी बनाउने बिधि आधुनिक प्रविधिको प्रयोग

0

दयाराज न्यौपाने
पाल्पा फागुन ४ ÷ बगनासकाली गाउँपालिका ६ यम्घा ठुलापोखरामा मेसिनबाट सालको पातको टपरी बनाउने ५ दिने तालिम सम्पन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना, जिल्ला समन्वय समिति र स्मार्ट नेपालको समन्वयमा भएको तालिम समापन समारोहलाई संबोधन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले परम्परागतरुपमा रहेको टपरी बनाउने बिधि आधुनिक प्रविधिको प्रयोगले समयको सदुपयोग सगै आर्यआर्जनमा टेवा पुग्ने भन्दै प्रबिधिको सहि काममा उच्चतम प्रयोग हुनु आवस्यक रहने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला समन्वय समितीका उप प्रमुख मिरा मरासीनीले तालिमले सिप ,आर्थिक अवस्था र महिलाहरुको अवस्थामा सुधारले समाजलाई सकारात्मक प्रभाव पार्ने बताउनु भएको थियो ।
नेपाल सरकारले रोजगारी सृजना गर्ने उदेश्य र स्थानिय कच्चा प्रदार्थमा आधारीत भएकोले पनी र मागको आधारमा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाबाट मेशिन उपलब्ध गराईएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेले बताउनु भयो । सालको पातलाई लाफा बनाई घाममा सुकाई ओईलाई मेशिनको डाईको सहयोगले टपरी र दुना बनाउन सकिने र एक ठाउँबाट बिक्री गरी लैजान सहज हुने आकार भएको र पलाष्टीक जन्य बस्तुको प्रयोगलाई समेत न्युन गर्ने सकिने भएकाले पनी महिलाहरुको सक्रियता र मेशिनको माघ बढेको कार्यलय प्रमुख बालकृष्ण गैरेको भनाई थियो ।
२६ जना महिलाहरुको सहभागी रहेको आधुनिक मेशीनबाट टपरी बनाउने तालिम समापन कार्यक्रममा वडा सदस्य सीतादेवी पाण्डे,सहभागी सीता देवी बस्याल,पत्रकार दयाराज न्यौपाने स्मार्ट नेपालका सचिव एन्जिना खनाल ,उधम बिकास सहजकर्ता मनोज घिमिरे लगाएतले बोल्दै खेर गइरहेको पातबाट महिलाहरुले टपरी बनाएर आय आर्जन गर्न सक्ने बताउनु भयो । दुना टपरी बनाउने तालिम प्रशिक्षक दिलकुमारी थापाले सहजीकरण गर्नु भएको थियो ।

‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न लोकदोहोरी प्रतिष्ठानको आग्रह, हेर्नुस् पुरा गीत युट्युवमा

0

६ फागुन, काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए । हेर्नुस् गीत…

https://www.youtube.com/watch?v=pJMx8Di67_whttps://www.youtube.com/watch?v=pJMx8Di67_w

 

बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ ।

प्रतिष्ठानको बैठकले संगीत विकास बोर्ड अथवा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारलाई गरेको आग्रह पुन:स्मरण गराएको छ ।

एक–दुई फोनबाट आत्तिएर हटाएँ : पशुपति शर्मा

बैठकमा उपस्थित गायक पशुपति शर्माले यूट्यूबबाट गीत हटाउनुको कारणबारे जानकारी गराएका थिए । उनको भनाइ उद्वृत गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भने, ‘मलाई एक दुईवटा फोन आयो । राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्ने कुराहरु आए । म एक्लै पनि थिएँ । त्यसैले आत्तिएर हटाएँ ।’

उनले गीतमा आफूले व्यक्तिविशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको स्पष्टिकरण दिएका थिए । ‘म कुनै पार्टीसित आवद्ध छैन र कुनै पार्टीको विरोधि पनि होइन,’ पशुपतिले भने, ‘कसैप्रति पूर्वाग्रही भएर लेखेको थिइनँ । विवाद आउला भन्ने अनुमान पनि भएन ।’

उनले गीतका केही शब्दहरु अनुपयुक्त भएको आफूले पनि महसुस गरेको पनि बताएका छन् ।

यो पनि पढ्नुहोस् : पशुपतिले पानी हालिसके, आगो फुक्न खोज्दै विवेकशील

अध्यक्ष पंगेनीले पशुपतिको गीत फेरि यूट्यूबमा जस्ताको तस्तै अपलोड गर्ने निर्णय गरिएको जानकारी अनलाइनखबरलाई दिए । ‘आधिकारिक रुपमा यो गीत हटाउन कसैले भनेको छैन । त्यसैले हटाउनु आवश्यक देखिएन,’ पंगेनीले भने, ‘त्यसैले वैठकबाट उहाँलाई गीत फेरि राख्न आग्रह भएको छ । सम्भवतः राख्नुहुन्छ होला ।’

शर्माले गीत फेरि राख्ने विषयमा सोचेर निर्णय लिने बताएका छन् । पंगेनीले जनमानसमा चलिरहने कुराहरुलाई लिएर पशुपतिले गीत बनाएको भन्दै यसमा आपत्ति जनाउने विषय नभएको बताएका छन् । अनलाइनखबरबाट

हेर्नुहोस् लोक दोहोरी प्रतिष्ठानको निर्णय

टिप्परको ठक्करबाट बालिकाको मृत्यु

0

पाल्पा, फागुन ५
निस्दी गाउँपालिका–७, पाल्पामा टिप्परको ठक्करबाट ५ वर्षिय बालिकाको मृत्यु भएको छ । रा १ ख १५११ नम्बरको ट्रिपरको ठक्करबाट अन्दाजी ९ वर्षिय ममिता सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
होङसी शिवम् सीमेन्ट उद्योगका लागि चुनढुङ्गा लिएर जाँदै गरेको ट्रिपरको ठक्करबाट विद्यालय जाँदै गरेकी बालिकाको ज्यान गएको हो । निस्दी गाउँपालिका–७, ज्यामिरेको लामेटारका ठक्कर दिने टिप्परका चालकलाई नियन्त्रणमा लिएको पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए । स्थानीयले बालिकाको शव बाटोमै राखेर प्रदर्शन गरिरहेका कारण उद्योग खानी जाने बाटो पूर्ण रुपमा बन्द भएको छ ।
स्थानीयको अवरोधपछि बन्द रहेको होङसी सीमेन्ट उद्योगको खानी शनिबार बेलुकादेखीमात्र सञ्चालनमा आएको थियो । स्थानीयको समस्या कम्पनीले नबुझेको भन्दै निस्दी गाउँपालिका–७, ज्यामिरेका स्थानीयले फागुन १ गतेदेखी टिप्पर सञ्चालनमा रोक लगाएका थिए । शनिबार स्थानीयको मागहरु पुरा गर्न कम्पनी तयार रहेको प्रतिवद्धतापछि कार्यदल बनाई अवरोध खुलेको थियो । पूनः खानीबाट चुनढुङ्गा ओसार्ने काम बन्द हुँदा सीमेन्ट उद्योग समेत प्रभावित बन्न पुगेको छ ।

क्यान मेलाको दोस्रो दिन दर्शकको उपस्थिति उत्साहजनक

0

बुटवल, फागुन ५

कम्प्युटर एशोसियसन नेपाल महासंघ(क्यान) रुपन्देहीको आयोजानमा स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी बुटवलमा जारी छ ।   शुक्रबार बाट सुरु भएको क्यान मेलाको शनिवार उल्लेखनिय मात्रामा दर्शहरुले अवलोकन गरेका छन् ।

शनिवार विदाको दिन भएको कारणले पनि दर्शकहरुले उल्लेखनिय मात्रामा मेलाको अवलोन गरेका  आयोजकले जनाएका छन् । शनिवार प्रदेश नम्बर ५ का सभामुखि पुर्ण बहादुर घर्ती मगरले क्यान ईन्फोटेको अवलोकन गरेका छन् ।

मेला स्थलमा पुगेर उनले सम्पूर्ण स्टलहरुको अवलोकन गर्नुको साथै  विज्ञान प्रविधिका नयाँ कुरामा विशेष चासो  देखाएका थिए ।  ईन्फोटेमा शनिवार टोल बिकास सस्था का अध्यक्ष हरुलाई “समाज सेवा मा सुचना प्रबिधि को प्रयोग “ प्रयोग र “  विद्युततीय  सक्षरता’ बिषयमा अभीमुखिकरण तालिम  समेत प्रदान गरिएको छ । शनिवारको दिन सास्कृतीक कार्यक्रमले समेत दर्शकको मन जित्न सफल भएको थियो । क्यान महासंघ रुपन्देहीका सह सचिव सुरेश चन्द्र भट्राईका अनुसार नेपाल आईडलका उत्कृष्ठ प्रतिपष्र्धी कलाकार  प्रताप दास, लोक दोहोरी गायिका शिलु भट्राई  लगायतले विशेष प्रस्तुती देखाएका थिए ।

इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका एक सय बढी स्टल रहेको क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल(क्यान) महासंघको शाखा रुपन्देहीले आठौं क्यान इन्फोटेक २०१९ बुटवलमा आयोजना गरेको हो । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि काठमाण्डौंमा आयोजना गर्दै आएको क्यान इन्फोटेकलाई केहि वर्ष देखि जिल्ला स्तरमा र यो बर्ष देखि प्रादेशिक रुपमा देशको सातै वटा प्रदेशको अस्थायी राजधानीहरुमा सञ्चालन गरेको हो ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ रुपन्देही शाखाले सन् २००२ देखी नै सुूचना प्रविधि सम्बन्धि जानकारी सर्वसाधारण सम्म पु¥याउने र लुम्बिनीलाई सूचना प्रविधि ग्रामको रुपमा विकास गर्ने लक्ष्य अनुरुप सन् २००२, २००५, २००७, २००९, २०११, २०१७ र २०१८ मा सूचना प्रविधि सम्बन्धि मेला क्यान इन्फोटेक सम्पन्न गरी सकेको छ । र यो आठौं संस्करण हो ।

इन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।  अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० विद्यार्थीहरुलाई रु २५ तोकिएको छ ।

पुस्करराज रेग्मीकाे अनुराेध बजारमा

0

फागुन ५, काठमाण्डाैं

पुष्करराज रेग्मीकाे अनुराेध बालकविता सङग्रह बजारमा अाएकाे छ । गोङ्गवु साहित्य समाज,काठमाडौकाे अायाेजनामा एक कार्यक्रमका बिच कृतिकाे विमाेचन गरिएकाे हाे ।

साहित्य तथा स्वास्थ्य प्रतिष्ठान ,पाल्पाकाे प्रकाशनमा बजारमा अाएकाे कृति बालउपयाेगि भएकाेब बताइएकाे छ । कार्यक्रममा प्राज्ञ माया ठकुरी, डा प्रकासराज रेग्मी, साहित्यकार राजेन्द्र गोपाल सिह,चन्द्रकान्त न्यौपाने, भोजराज भट्टराई, स्वास्थ सेवक बिनोद भारती, समीरमान सिहलाइ सम्मान गरिएकाे थियाे । नेपाल बाल साहित्य समाजका अध्यक्ष डा शैलेन्दु प्रकाश नेपाल, गोसास अध्यक्ष द्वारिका कुईकेल, उपाध्यक्ष सीता बिष्ट कार्की, सचिब तारा केसी, कोषाध्यक्ष चन्द्रा न्यौपानेले अनुराेध समयानुकुल बालसाहित्य प्रेमीहरूका लागि उपयाेगि रहेकाे बताए ।