Sunday , September 20 2020

माथागढी गाउँपालिकाको भौतिक प्रगति ८५ प्रतिशत

मुक्तिप्रसाद न्यौपाने
पाल्पा,माथागढी गाउँपालिकाले गत आर्थिक वर्ष २०७४÷०७५ मा ८५ प्रतिशत भौतिक प्रगति गरेको सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु खर्चको ९६ प्रतिशत र पूँजिगत तर्फ ९३ दशमलव ४४ प्रतिशत प्रगति गरेको बताएको हो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले पूनर्संरचना पछि स्थानीय तहले भर्खर बामे सर्ने अवस्थामा अगाडी बढेको बताए । उनले स्थानीय तह स्वाभलम्बि भएर अगाडी बढ्न सके देशको विकासले फड्को मार्ने बताए । उनी भन्छन्, हामी नयाँ नेपालमा नयाँ अभ्यासमा छौं । नयाँ अवसर देखिएका छन् । त्यसलाई कसरी प्राप्त गर्ने भनेर स्थानीय सरकारले योजना बनाउनु आवश्यक छ । गत आवको सामाजिक तथा भौतिक प्रगतिको समिक्षा गर्दै माथागढी गाउँपालिकाले विकास कार्यक्रमसँगै जनताको जीवनस्तरमा परिवर्तन गर्ने खालका कार्यक्रम सञ्चालन गरेको बताएको हो ।

माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले जनताको अपेक्षा धेरै हुँदा काम कम देखिएको हुन सक्ने बताए । ‘गाउँपालिकाले विपन्नको स्वास्थ्य बिमा, जीविकोपार्जनका लागि कृषि, मासुमा आत्मनिर्भर, विद्यालय शिक्षामा सुधार, सहकारी प्रवद्र्धन, खानेपानी व्यवस्था, क्रमागत योजनाको निरन्तरता दिएर काम गरेको थियो,’ थापाले भने, ‘कतिपय कार्यक्रमहरु पुरा हुन पाएका थिएनन् । यो वर्ष अपुरा काम पूर्ण हुनेछन् ।’ भूकम्पको क्षति हुँदा ६ सय ३ घरधूरी पूनर्निमाणका लागि लाभग्राहीको सूचीमा समावेश छन् । १४ घर पूनर्निमाण भएका छन् । हामी एक सय ३६ जना व्यक्तिलाई डकर्मी तालिम दिएर यसलाई तिव्र रुपमा सम्पन्न गर्ने क्रममा छौं अध्यक्ष थापाले भने । उनले गाउँपालिका सुशासनको प्रत्याभूति दिलाउनका लागि निरन्तर लागि परेको छ । जनताको आवश्यकतालाई ध्यानमा राखेर उत्तरदायि एवं जवाफदेही स्थानीय सरकारको रुपमा काम गर्न चाहान्छौं ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार नेपालीले कृषि तथा पशुपालनलाई व्यवसायिकरण गर्ने गरि गाउँपालिकाले गत आवमा कार्यक्रम सम्पन्न गरेको बताए । उनी भन्छन्, ‘गत वर्ष गरिएको कार्यक्रमको प्रगति आउन थालिसकेको छ । हाते ट्याक्टर वितरण, मौरिपालन, बेमौसमी तरकारी प्लाष्टिक घर निर्माण, धानको बीउ वितरण, तरकारी पकेट निर्माण, उन्नत विउ वितरण, घुम्ति कृषक पाठशाला कार्यक्रम सम्पन्न भएका छन् ।’ पशुपालनमा घाँसको बीउ वितरण, उन्नत जातको बोका वितरण, बाख्रा खोर सुधार, कृत्रिम गर्भाधान, निशुल्क औषधी वितरण गाउँपालिकाले गरेको छ । सबै विद्यालय तथा स्वास्थ्य संस्थामा ईहाजिरी सुरु गरिएको छ, प्रमुख प्रशासकीय अधिकृत नेपालीले भने ।
समीक्षा कार्यक्रममा स्थानीय कृष्ण रानाले अनुगमन समिति नहुँदा गाउँपालिकाको कार्यक्रमको प्रभावकारितामा प्रश्न उठेको बताए । उनी भन्छन्, कामहरु कतिपय अधुरै छन् । अब छिटो पुरा गर्ने र अनुगमन समिति गठन गरेर कामको गुणस्तर कायम राख्न सक्नुपर्छ । बलबिर राना भन्छन्, ठाउँ अनुसार प्राविधिक स्टिमेट फरक हुनु आवश्यक छ । सुविधा भएको तथा नभएको सबैमा एउटै इष्टिमेट गरिँदा राम्रो भएन । ‘सामुदायिक र निजी विद्यालय बिचमा गाउँपालिकाले विभेद गर्दा विद्यार्थीहरुमा नकारात्मक धारणाको विकास हुनसक्छ, देवि भट्टराईले भने, सबै बालबालिकाहरुलाई समान व्यवहार गरेर बालबालिकाको प्रतिभा प्रष्फुटन हुन दिनुपर्छ ।’

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!