पाल्पा टि ट्वान्टी च्याम्पियन्स लिग २०७५ को उपाधी पाल्पाली क्रीकेट प्लेयर्सलार्इ

पाल्पा, कात्र्तिक ११
पाल्पा टि ट्वान्टी च्याम्पियन्स लिग २०७५ को उपाधी पाल्पाली क्रीकेट प्लेयर्स तानसेनले चुमेको छ ।
लिग चरण अन्तर्गत दमकडा खेल मैदानमा भएको प्रतियागितामा पाल्पाली लेजेण्ड्स क्रिकेट क्लबलाई ११ रनले हराउ“दै पाल्पा क्रिकेट क्लबले पाल्पा २०–ट्वान्टी च्याम्पियन्स लिगको ट्रफी हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको पाल्पाली क्रीकेट प्लेयर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनायो । पाल्पालीका सरन रसालीले ३०, आशिस लोहनीले २६ तथा रुपेश बस्याल र अजय बस्यालले समान १५÷१५ रन बनाए । लेजेण्ड्सका केशव पराई, पूर्णराज साक्य र राजिव श्रेष्ठले समान २÷२ विकेट लिए । १ सय ६९ रनको को लक्ष्य पछ्याउँदै लेजेण्ड्स ५ विकेट गुमाएर १५७ रनमा समेटिए । लेजेण्ड्सका राजेन्द्रमान साक्यले ६६ र संजिव चित्रकारले ३४ रन बनाए । पाल्पालीका विमर्श दर्नाल र अजय बस्यालले १÷१ विकेट लिए । प्रतियोगितामा रुपेश बस्याल बेष्ट बलर, राजेन्द्रमान साक्य बेष्ट ब्याट्सम्यान र सागर थापा क्षेत्री म्यान अफ दि सिरिज घोषित भए । प्रतियोगितामा मोहन भुषाल स्टाईक बलर र सतिश मश्राङ्गी स्ट्राईक ब्याट्सम्यान घोषित भए । म्यान अफ दी फाईनल राजेन्द्रमान साक्य घोषित भए । प्रतियोगिताको बिजेताले ६० हजार रुपैंया, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेताले ३० हजार रुपैंया, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
प्रतियोगिताको बिजेता र उपबिजेतालाई पुरस्कार बितरण गर्दै प्रदेश सांसद तुलाराम घर्ती बसन्तले खेल र युवाको सकारात्मक विकासको लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने बताए । खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्यालले क्रीकेटको विकासमा लागेका युवाहरुलाई स्थानिय तहले समेत सहयोग गर्नुपर्ने बताएका थिए । कार्तिक ४ गतेदेखी सुरु भएको खेलमा ८ समूहको सहभागिता रहेको थियो । क्लबले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यो नवौं संस्करण हो । यसअघि टेनिस बलले खेलाइ“दै आएको थियो । यसपटक स्टान्डर्ड लेदर बलले प्रतियोगिता सञ्चालन गरेको क्लबले जनाएको छ । लेदरबलबाट यसअघि जिल्लामै प्रतियोगिता भएको थिएन । स्कोरबोर्ड र लेदर बल दुबै नया“ हुन् । खेलाडी उत्पादन गर्न सकियोस् भनेर प्रतियोगितामा जिल्ला भित्रका मात्र सहभागी हुन पाउने नियम बनाएको क्लबका अध्यक्ष बिक्रम थापाले बताए । यही प्रतियोगिताबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत खेलाडी छनौट हुनेछन् ।

SHARE