लोकगायक नविनलाई युवा अभिनन्दन

पाल्पा, कार्तिक ९
लोकगायक नविन पौडेललाई युवा समूहहरुले युवा नागरिक अभिनन्दन गरेका छन् । देश तथा विदेशमा लोकसंस्कृतिको जगेर्ना गर्न योगदान पु¥याएको भन्दै अभिनन्दन गरिएको हो । कहिले मेचीका दर्सक श्रोता माझ झुल्किन्छन कहिले महाकाली का दर्सक श्रोतामाझ झुल्किन्छन त कहिले बिश्वका कुनाकाप्चामा पुगेर त्यहा रहेका नेपाली हरुको मन जितिरहेका हुन्छन गायक नवीन पौडेल । उनै सदाबहार गायक पौडेल लाई जन्मथलो बगनासकली गाउँपालिका–८, बराङ्दी मा नागरिक अभिनन्दन गरिएको हो । अन्तरास्ट्रिय गैर सरकारी सस्था इन्सेकद्वारा गठित बेद युबा समूह, निरन्जन युबा क्लब र बगनासकली सुचना केन्द्र नेपाल को संयुक्त आयोजनामा गायक पौडेल लाई अभिनन्दन गरिएको हो ।
करिब दुई दसक लामो साङ्गीतिक जीवनमा अनबरत रुपमा लागेका पौडेलले समाजमा घटेका घटना, परिघटना, यथार्थता, सस्कृती एबम पर्यटन प्रबर्द्धन मा गीतसङीत को माध्यम बाट देश बिदेशमा ख्याती कमाइ पाल्पा जिल्ला र समग्र देश को यथार्थता झल्काउनमा अतुलनीय योगदान पुर्याए बापत उनलाइ नागरिक अभिनन्दन गरिएको पाल्पाका इन्सेक प्रतिनिधि यज्ञमूर्ती तिमल्सिनाले बताए । बेद युबा समूहका अध्यक्ष बरुण बश्यालले उनको सिर्जनाले लोकगितलाई जीवन्तता दिएको बताए ।
पौडेलका गीतहरुमा समाजको यथार्थता पाइने गर्छ । “चार बजे स्कुलबाट घरमा आइनन भनी बस्नु पर्छ बाउ आमाले औँला गनिगनी, जोगाउनै गाह्रो फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो’’ के सम्झनु छर जान्न मत त्यो घर, हरेक जातजती छौँ नानाथरी, ए हजुर सुन्नुभाछर, सत्य खान्छु कसम, दुखका दिन गए, नया पार्टी खोल्छु, यस्तै हुन्छ भन्नेभा, श्रीनगर बतासे डाडैमा, बुलाकि झुम्काना उनका गीतहरु हुन् ।
प्रस्तोता नेपालका कार्यकारी सदस्य, अन्तरास्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष एबम रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठन नेपालका पूर्ब केन्द्रिय सदस्य समेत सहिसकेका पौडेल निकै मृदुभाषी तथा अनुकरण गर्न लायक कलाकार भएको निगरानी समूह पाल्पाका अध्यक्ष पत्रकार भगवान भन्डारी बताउँछन् ।

SHARE