पाल्पा क्रिकेट क्लब र दमकडा क्रिकेट क्लब विजयी

पाल्पा, कात्र्तिक ७
दमकडा क्रिकेट क्लबले आयोजना गरेको पाल्पा टि २० च्याम्पियन्स लिगको आजको खेलमा पाल्पा क्रिकेट क्लब र दमकडा क्रिकेट क्लब विजयी भएका छन् ।
बुधबार भएको पहिलो खेलमा पाल्पाली लेजेण्डले पाल्पा क्रिकेट क्लबलाई ११ रनले पराजित गरेको छ । तस जिती पहिले व्यटिंग रोजेको लेजेण्डले निर्धारित २० ओभरमा १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १३४ रन बनायो । लेजेण्डका तेजेन्द्र जंग बहादुर रानाले ३२, सागर थापाले २३ र सञ्जिव चित्रकारले १९ रन बनाए । पाल्पाका कुलदिप थापाले ३ र अर्पण अर्यालले २ विकेट लिए । १ सय ३५ रनको लक्ष्य पछ्याउँदै पाल्पा क्रिकेट क्लब ७ विकेट गुमाएर १२३ रनमा समेटियो । पाल्पाका विशाल दर्नालले ५१, दिल बहादुर थापाले १९ र कुलदिप थापाले १६ रन बनाए । लेजेण्डका केशव पराईले ३ र सागर थापाले २ विकेट लिए । पाल्पाली लेण्जेडका अलराउण्ड प्रदर्शन गर्ने सागर थापा म्यान अफ दि म्याच घोषित भए ।
दोश्रो खेलमा दमकडा क्रिकेट क्लबले अल स्टार क्रिकेट क्लब पिप्लेलाई ७३ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिंग रोजेको दमकडा क्रिकेट क्लबले निर्धारित २० ओभरमा १८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १२२ रन बनायो । दमकडाका मनिष न्यौपानेले २९, गोपाल तिमिल्सेनाले २७ र मोहन भुषालले २० रन बनाए । पिप्लेका प्रदिप बस्याल, विक्रम गैरे र निलकण्ठ बस्यालले समान दुई दुई विकेट लिए । १२३ रनको लक्ष्य पछ्याउँदै अल स्टार पिप्ले १२ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर ४९ रनमा समेटियो । पिप्लेका प्रतिक पाण्डेयले १३ रन बाहेक अरु कसैले दोहोरो अंक बटुल्न सकेनन् । दमकडाका रोजित अधिकारीले ५, गोपाल तिमिल्सेना र मोहन भुषालले समान दुई दुई विकेट तथा अच्युत पाण्डेयले एक विकेट लिए । ५ विकेट लिने रोजित अधिकारी म्यान अफ दि म्याच घोषित भए ।

दुई रुपमा विभाजन गरि खेलाईएको खेलमा अहिले सम्म पहिलो ग्रुपमा पाल्पाली लेजेण्ड र दोश्रो ग्रुपमा पाल्पाली क्रिकेट प्लेयर्स अग्र स्थानमा रहेका छन् । बिहिबारको पहिलो खेल म्याक्स स्पोर्टस र एम आई वि सिक्स तथा दोश्रो खेल अल स्टार क्रिकेट क्लब पिप्ले र पाल्पा क्रिकेट क्लब तानसेन बिच हुनेछ । प्रतियोगिताको फाईनल खेल कार्तिक ११ गते हुनेछ । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैंया प्राप्त गर्नेछन् ।

SHARE