रूपाकाे दाहसंस्कार, नेविसंघले झण्डा अाेडायाे

स्याङ्जाको मालुङ्गा नजिकै  स्कुटी दुर्घटना हुँदा मृत्यु भएकी रूपा थापामगरकाे धार्मीक तिर्थस्थल रिडीमा अन्त्येष्ठी गरिएकाे छ । शवलार्इ नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हिमालदत्त श्रेष्ठ र जिल्ला अध्यक्ष कृष्ण अालेले नेविसंघकाे झण्डा अाेडाएका थिए । नेविसंघ जिल्ला सदस्य थापाकाे निधनले अपुरणीय क्षति पुगेकाे नेविसंघले शाेक वक्तव्य मार्फत् जनाएकाे छ ।

मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जीपले ठक्कर दिदा दुर्घटना भएको हो । मालुङ्गा स्याङ्जामा भएकाे दुर्घटनामा उनका श्रीमान घार्इते भएका थिए ।

मृत्यु हुने रूपा गुल्मीको मालिका गाउँपालिका १ नेटाका हुन् । घाइते हुनेमा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन रहेका छन्। ११ दिन अघि विवाह भएका उनीहरू स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घाबाट दुरहन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटनामा परेको हो ।

SHARE