यो सेतो रक्तकोषको क्यान्सर हो । जिन वा जिनको समूहलाई चोट पुग्न गएपछि तिनीहरूद्वारा र्निदिष्ट सेतो रक्तकोषहरू बढ्न पाएनन् र सानै उमेरमा अड्के भने अनियन्त्रित भएर एकदमै विकराल रूपमा उनीहरूको संख्या बढ्न जान्छ । समयमा मर्नुपर्ने यी रक्तकोषहरू मरेनन् भने सानै उमेरमा त्यहीँ अड्केर बस्छन् र अनियन्त्रित रूपमा बढ्न थाल्छन् ।

साधारणतया हाम्रो शरीरमा ४००० देखि ११००० सम्म सेतो रक्तकोष हुनुपर्नेमा रोगीमा ४० हजार, २ लाख, ९ लाखसम्म बढ्न जान्छ । त्यसो हुँदा के हुन्छ भने, रगत त तरलपदार्थ हो नि, बग्नु पर्यो नि ! यति धेरै रक्तकोष भएपछि रगत बाक्लो हुन्छ र अलकत्रा बगेजस्तो गरी बग्न थाल्छ, बिस्तारै बग्छ । रगत जताततै जाने भएकाले सबै अंगलाई असर पार्छ, ब्रेनमा पनि जान सक्छ । ब्रेनमा गयो भने टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, काँप्ने, कहिलेकाहीँ खुट्टा नचल्ने पनि हुन्छ । कहिलेकाहीँ बच्चाको ज्यानै पनि जान सक्छ । रगत रोकिँदै बिस्तारै बग्ने भएकाले रक्तनली पनि फुट्छ, फुट्दा ठाउँ–ठाउँमा रगत बग्ने गर्छ । नाकबाट रगत जान सक्छ, छालाबाट पनि रगत जान सक्छ । दिसा–पिसाबमा रगत जान सक्छ । अरू भित्री अङगबाट रगत बग्न सक्छ । अनियन्त्रित रूपमा रगत बढेका कारण फोक्सोमा फैलियो भने निमोनिया हुने, खोकी लाग्ने हुन्छ र डाक्टरले एन्टिबायोटिक दिन्छन् । फेरि हनहन्ती ज्वरो आउँछ । धेरैपटक ज्वरो आउने, रगत कम भएर जाने, ठाउँठाउँबाट रगत बग्ने, बच्चा एकदम आलस्य हुने, तौल घटेर जाने, शरीरका विभिन्न ठाउँमा गिर्खा आउने, आँखा कम देख्ने, आँखामा सेता दागहरू देखिने, आँखा सुन्निएर आउने, पेट दुख्ने, पेटमा मांसपेशीमा डल्लाहरू आउने, साधारणतया नर्मल व्यक्ति १–२ दिनमा व्यक्ति हिँड्दा लरबराएर हिँड्ने, बेहोस हुने, काम्ने, जहिल्यै ज्वरो आइरहने, शरीर सेतो भएर जानेजस्ता लक्षणहरू देखियो भने हामी तुरुन्त डक्टरकोमा जानुपर्छ ।

ब्लड क्यान्सरको हकमा चाहिँ सेतो रक्तकोष वयष्क भएका हुँदैनन् र अनगिन्ती संख्या बढेकाले राम्ररी काम गर्न सक्दैनन् । सेतो रक्तकोषको क्यान्सर शरीरभरि फैलने हुन्छ र बोनम्यारोको रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट्स रक्तकोष बढाउने हो भने रातो रक्तकोषले अक्सिजनलाई विभिन्न भागमा लैजान्छ । प्लेटलेट्सले शरीरमा कहीँ पनि रगत बग्न नदिएर रगत जमाउने काम गर्छ भने प्लेटलेट्सको रातो रक्तकोष कम भयो भने शरीर सेतो भएर जान्छ । शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउन सक्दैन । प्लेटलेट्सको कमी मात्र भयो भने पनि ठाउँ–ठाउँबाट रगत बग्न थाल्छ । राता–राता छिर्का आउने, बोक्सीले चुसेको भन्छौँ नि हामी, निला निला डामहरू आउने, नाकबाट रगत जाने, दिसा–पिसाबमा रगत जाने र भित्री अंगमा रगत बग्ने हुन्छ । सेतो रक्तकोष हाम्रो शरीरका सिपाही हुन् । शरीरमा पसेको जुनसुकै रोगविरुद्ध लड्ने काम सेतो रक्तकोषले गर्छ । तर, ब्लड क्यान्सरको हकमा चाहिँ सेतो रक्तकोष वयष्क भएका हुँदैनन् र अनगिन्ती संख्या बढेकाले राम्ररी काम गर्न सक्दैनन् । बोनम्यारोमा पनि फैलिएर बोनम्यारोलाई राम्रोखालको रक्तकोष बनाउन दिँदैनन्, आफू पनि रोगसँग लड्न सक्दैनन्, जसका कारण बालबालिकामा जहिले पनि ज्वरो आइरहने, खोकी लाग्ने, निमोनिया, पिसाबको असर, मेनेन्जाइटिस, इन्सेफलाइटिस हुने लगायत विभिन्नखालका संक्रामक रोग लागिरहने हुन्छ ।

ठूला मान्छेले चुरोट, ड्रग्स, अल्कोहल बढी मात्रामा प्रयोग गर्छन्, यी सबै केमिकल हुन्, जसले नजिकै बस्ने बच्चालाई असर गर्छ । बच्चा छेउमा बसेको हुन्छ, चुरोटको धुवाँ उँडाइरहेको हुन्छ, झन् बच्चाको मुखमै फुकिरहेको हुन्छ , यो प्यासिभ स्मोकिङ एकदमै भयानक हो ।