सरायँ, सांस्कृतिक पहिचानको धरोहर, संरक्षण र सम्वर्दनकाे खांचो

राम बहादुर कार्की
नेपाल वहुजातीय, वहुधार्मिक, वहुसास्कृतिक, वहुभाषिक देश भएपनि आपसी सदभाव, एकताका निम्ति विश्वमै अनुपम उदाहरण रहेको मुलुक हो । यही विविधता भित्र विभिन्न जात जातिले सवैका कतिपय पर्व, चाडलाई साझा संस्कृतिका रुपमा ग्रहण गरी सम्मान गर्ने र हर्षोल्लाहपूर्ण ढंगवाट मनाउने चलन छ । त्यस्ता पर्वहरु मध्ये दशैं पनि एउटा हो । दशैं हिन्दुहरुको चाड भएपनि मूलत यो पर्वलाई पारिवारीक मिलनका साथै आपसी सदभाव, पे्रम साटासाट गर्ने पर्वका रुपमा पनि लिईने भएकोले यस पर्वलाई अन्य धर्मका मानिसहरुले पनि कुनै न कुनै रुपमा आत्मसात गर्दै आईरहेको पाईन्छ ।
दशैं पर्वको धार्मिक र सांस्कृतिक महत्व आप्mनै ठाउंमा छ । दशैंमा हुने व्यापारिक कारोवारले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ । दशैं प्रति मानिसहरुको आवेज्ञ र भावनात्मक संवेदनशीलता उच्चस्तरको छ । त्यसैले यो महान चाड दशंै जति नजिक नजिक आउदैछ आम मानिसहरु हर्ष, उमंगले गद्गद् हुदैछन् । यतिवेला स्वदेश वा विदेश जहां भएपनि हरेक नेपालीले विगतका दशैंमा गरेका मिठा अनुभूतिहरुलाई स्मरण गरिरहेका छन् । गाउंका कोटघर, मठ मन्दिरमा देवी देवताको दर्शन र मेला पर्वमा नाच्दै गाउदै हिडडुल गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु–याएका पलहरुमा डुवल्की मारिरहेका छन् । वास्तवमा काठमाण्डौमा इन्द्रजात्रा सम्पन्न भए संगै राजधानीमा दशैं पर्वको फिवर ह्वात्तै बढेको अनुभूति भएको छ, गाउंघरमा पनि दशैको रौनक आईसकेको छ । समग्रमा सवैजसो नेपालीहरुलाई दशै पर्वले अंगालो हालिसकेको छ ।
दशै पर्वको आगमन संगै पाल्पा र आसपासका मानिसको मानपटलमा आईहाल्ने जीवन्त संस्कृति छ, जुन संस्कृति सरॉय भनेर परिचित छ । यस क्षेत्रका विशिष्ट महानुभाव, भद्र भलादमी, वौद्धिक जगत, सर्वसाधारण मानिसहरुले सरॉयलाई दर्शै पर्वकै पर्यावाचीका रुपमा लिने गर्दछन् । साथै ती महानुभावहरु सरॉयमा सकृय रुपमा सहभागी भएर वा दर्शक वनेर यसको महिमा, गरिमा वढाउन दत्तचित भएर क्रियाशील हुन्छन् । यसरी स्थानीय भद्र भलादमी, सर्वसाधारण मानिसहरुले आप्mनो लोक संस्कतिको संरक्षण र सम्वद्र्धृनका लागि देखाएको जागरुकता कारण सरायं दिन प्रतिदिन लोकप्रिय संस्कृतिका रुपमा मौलाउदै आईरहेको छ । खासगरी प्रदेश नम्वर ५ अन्तरगत पर्ने पाल्पा, अर्घाखांची र गुल्मी जिल्ला तथा आसपासका क्षेत्रमा दशैंका दिन, कोजाग्रत पूर्णिमा र पंचमी सम्ममा सरॉय हुने प्रचलन रहेको छ, यद्यपी पछिल्ला दिनमा अर्थात केही वर्ष यतादेखि उर्पयुक्त जिल्लावाट वसाई सराई गरी रुपन्देही, काठमाण्डौमा वसोवास गर्ने जागरुक मानिसहरुको सकृयतामा यी दुवै जिल्लाहरुमा पनि सरॉय खेलिने गरेको छ । यसरी सरॉय क्रमशः पाल्पा र आसपासका साथै अन्य जिल्लाहरुमा विस्तार र प्रख्यात हुदै गएको छ ।
सरॉयको शरुवात कहांवाट, कसरी र कहिले भएको हो भन्ने वारेमा इतिहासकार, स्थानीय वुद्धिजीविहरु, अग्रजहरु प्रायः एकमत छन् । उनीहरुले नेपालको इतिहासको एउटा काल खण्डमा तत्कालिन पाल्पा राज्य अन्तरगतका विभिन्न स्थानमा शासन गर्ने सेन वंशीय शासकहरुले सरॉय संस्कृति भित्र्याएको हो भनी वताउने गरेको पाईएको छ । पाल्पा जिल्ला तानसेन न.पा. निवासी इतिहासकार निर्मल श्रेष्ठले आप्mना पुस्तकहरु र विभिन्न प्रवचनहरुका माध्यमवाट यही कुरा पुष्टी गर्नु भएको पाईन्छ ।
तिनै इतिहासकार, गाउंका अग्रजहरुका अनुसार –सामन्त युगमा राजपुतनामा राजपुतहरुले दशै उत्सवलाई विजय यात्राका रुपमा मनाउने गरेको, तिनीहरुले जेष्ठ सदी दशमी र आश्विन शुक्ल दशमीका दिन गरी वर्षमा दुई पटक दशै मान्ने गरेका, जेष्ठ सदी दशमी देखि वर्षा याम सुरु हुने भएकोले विजय यात्रा रोकिने र हात हतियार थन्काउने परम्परा रहेको ,यस्तै आश्विन शुक्ल दशमीका दिन देखि वर्षा याम समाप्त हुने र पहिले थन्काईएका हात हतियारहरु निकाली सान लगाउने, अर्जाप्ने, उजिलाउने, पाईन चढाउने कार्य गर्ने गर्दा रहेछन् । यी तथ्यहरुवाट राजपुतनाका राजपुतहरुले विजय यात्राको तैयारी तथा युद्ध अभ्यासका रुपमा सरॉय संस्कृति अघि वढाएको हुन सक्दछ भन्ने ईतिहासकारहरुको दावी छ । सरॉयको कुनै न कुनै रुपमा सेनहरु र सेनहरुको उदगमस्थल राजपुतना तथा त्यहांको संस्कृति संग साईनो जोडिएको देखिन्छ । यसरी सेन वंशका राजाहरुले आप्mनो अधिनमा रहेका तत्कालिन पाल्पा राज्यका विभिन्न स्थानमा सरॉय संस्कृतिलाई प्रचलनमा ल्याएकोमा इतिहासकारहरु एकमत देखिएका छन् ।
उर्पयक्त ऐतिहासिक पृष्ठभमिमा पाल्पा जिल्लाको मुझुड.स्थित श्री कालिका देवीको मन्दिर, लिपनदेवी मन्दिरका साथै छहरा, पालुड.मैनादी, जुठापौवा (श्री मालिकादेवी, चहला ) लगायतका स्थानका कोटघर तथा शक्तिपिठहरुवाट दशै, कोजाग्रत पूर्णिमा र पंचमीका दिन सरायं निकाल्ने परम्परा परापूर्वकाल देखि चल्दै आईरहेको छ । पाल्पा जिल्लाको पश्चिम क्षेत्रमा पर्ने रैनादेवी छहरा गा.पा. वडा नं. ५ मुझुडं.मा अवस्थित श्री कालिका देवीको मन्दिरवाट कोजाग्रत पूर्णिमा दिन निस्कने सरॉय यो क्षेत्रको अत्यन्त चर्चित मेलाका रुपमा धेरै वर्ष देखि स्थान लिदै आएको छ । सो कालिका देवी मन्दिरमा परापूर्वकाल देखि पुजाआजा हुदै आएको भएपनि वि.स. १९८५ सालतिर मन्दिर वनाउनाका साथै श्री कालिका देवीको मूर्ति प्रतिस्थापना गरिएको भन्ने अग्रजहरुको भनाई छ । यस मन्दिरमा कोजाग्रत पूर्णिमाका दिन पुजाआजा गर्ने र सरां‘य निकाल्ने परम्परा रहेको छ, त्यसक्रममा नौमती वाजागाजा वजाउदै ढाल, तरवार वोकेर अग्रज व्यक्तित्व, जनप्रतिनिधि, भद्र भलादमी, वुद्धिजीवि, युवा, सर्वसाधारण मानिसहरु “वाख्खै हो ” भन्दै सरॉंय प्रारम्भ गरी मन्दिर वरीपरी तीन पटक सम्म परिक्रमा गरेपछि केही तल अवस्थित कटौजेपानी पुगी पट्टा समेत खेल्ने ( तरवार चलाउने कला प्रदर्शन ) समेतका कार्य गरेपछि सरां‘य प्रदर्शन समापन गर्ने प्रचलन छ । कटौजेपानीमा लाग्ने सो मेलामा १० औ हजारौ मानिसहरुले मेला भर्ने गर्दछन् । ऐतिहासिक महत्व वोकेको यो सरां‘यमा वजाइने वाजागाजाको सांगितिक कर्णप्रिय धुन र वाख्खै हो भन्ने ध्वनीले वातावरणलाई उल्लासमय वनाएर मनोरन्जन प्रदान गरेको हुन्छ । आम मानिसहरुले पनि सरां‘यमा सकृय सहभागिता जनाएर भरपुर मनोरन्जन लिने गर्दछन् । यसप्रकार सराँयलाई यो क्षेत्रका मानिसहरुले आप्mनो सांस्कृतिक पहिचानका रुपमा गौरवका साथ लिने गरेका छन् ।
यसै परिप्रेक्ष्यमा कोजाग्रत पूर्णिमाका दिन परापूर्वकाल देखि चलिआएको सरां‘यलाई मुझुड.,कटौजेपानीमा भव्य र सभ्य रुपमा सम्पन्न गरी आप्mनो सांस्कृतिक पहिचान जीवन्त राख्ने उद्धेश्य राखेर जनप्रतिनिधि, वुद्धिजीवि, भद्र भलादमी, आम जनता सरां‘य र सांस्कृतिक कार्यक्रमको तयारीमा जटिरहेका छन् । यस पटक विगतमा भन्दा अझ परिस्कृत गरी सरां‘य प्रर्दशन गर्ने र राष्ट्रिय कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
ऐतिहासिक महत्व वोकेको र सांस्कृतिक पहिचानको धरोहर रहेको सरॉंय प्रदर्शनलाई कलात्मक नृत्यका रुपमा पनि लिन सकिन्छ । सरां‘य संस्कृतिको विशिष्टताको जगेर्ना गर्दै कला, संस्कृतिको संरक्षण, सम्वद्र्धनमा टेवा पु–याउनु सवैको साझा दायित्व हो । तसर्थ यो सरां‘य प्रर्दशनलाई व्यवस्थित, मर्यादित र मनोरन्जनात्मक वनाउन आ –आप्mनो ठाउंवाट लागि परांै, सरं‘ायमा सकृय रुपमा सहभागी भई आप्mनो सांस्कृतिक पहिचानलाई जोगाई राखांै । ईतिहासको विरासत, धार्मिक आस्था, सांस्कृतिक पहिचान संग जोडिएको सरां‘य प्रदर्शन फगत मनोरन्जनको साधन मात्र नभई वर्तमान आधुनिक समाजका लागि नयां नयां कलाकारको खोज प्रोत्साहन, कला –संस्कृतिको संरक्षण, सम्वद्र्धन र पुस्तान्तरणको सुवर्ण अवसर र आन्तरिक पर्यटन प्रवद्र्धनको आधार बनोस्, यही शुभकामना ।
(लेखक,राष्ट्र्रिय अनुसन्धान विभागका पूर्व डि.आई.जी.हुन्)

SHARE