एमआईबि सिक्स र पाल्पाली क्रीकेट प्लेयर्स विजयी

विजयकुमार बौडेल

०६ असोज, पाल्पा

दमकडा क्रीकेट क्लबको आयोजनामा भएको पाल्पा टि 20 च्याम्पियन्स लिग २०१८ को आजको खेलमा एमआईबि सिक्स र पाल्पाली क्रीकेट प्लेयर्स विजयी भएका छन । पहिलो खेलमा एमआईबि सिक्सले लुहुङलाई ४ विकेटले पराजित गरेको छ ।

एमआईबिले टस जिति लुहुङ एनबिआरलाई ब्याटिङको निम्तो दिएको थियो । लुहुङ एनबिआरले निर्धारित २० ओभरमा १८ ओभर १ बल खेल्दै ७२ रनमा सवै विकेट गुमायो । लुहुङका अमित गैरेले १४ र सुदिप जिसिले १२ रन बनाए । एमआईबिका कप्तान सुजित थापाले उत्कृष्ठ बलिङ गर्दै ५ तथा हिल्सन क्षेत्री र दिपेन्द्र रखालले समान २/२ विकेट लिए । ७३ रनको लक्ष्य पछ्याएको एमआईबि सिक्सले ६ विकेट गुमाएर १५ ओभर २ बलमा जित हासिल गर्यो । एमआईबिका राजन रखालले १२ तथा सुजित थापा र दिपेन्द्र रखालले समान ११/११ रन बनाए ।

लुहुङका विशाल भण्डारी र सुदिप जिसिले समान २/२ विकेट लिए । एमआईबिका कप्तान सुजित थापा म्यान अफ दि म्याच घोषित भए । त्यस्तै दोश्रो खेलमा म्याक्स स्पोर्ट्सलाई पाल्पाली क्रीकेट प्लेयर्सले ८ पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको म्याक्सले निर्धारित २० ओभरमा १२ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर ४७ रन मात्र बनायो । म्याक्सका सौगात गौतमले १२ रन बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंक बटुल्न सकेनन । पाल्पालिका नरेश कुमारले ४ र अमृतेश सिंहले ३ विकेट हात पारे । ४८ रनको सहज लक्ष्य पछ्याउँदै पाल्पालिले ८ ओभर १ बलमा २ विकेट गुमाएर बिजय हासिल गर्यो । पाल्पालिका सरन रसालीले २५ रनको योगदान दिए । म्याक्सका सन्दिप गैरेले १ विकेट लिए । पाल्पालीका नरेश कुमार म्यान अफ दी म्याच घोषित भए ।

भोलिको पहिलो खेल पाल्पाली लेजेण्ड र पाल्पा क्रीकेट क्लब तथा दोश्रो खेल दमकडा क्रीकेट क्लब र अल स्टार क्रीकेट क्लब पिप्ले बिच हुनेछ । जिल्लामै पहिलो पटक स्टान्डर्ड लेदर बलले आयोजना गरिएको प्रतियोगिताको बिजेताले ६० हजार र उपबिजेताले ३० हजार रुपैंया प्राप्त गर्नेछन ।

SHARE