हाम्रो शरीरको तौल कति किलोग्राम हुनु पर्दछ ? जानी राखौ

देबराज रेग्मी

५ , कार्तिक, २०७५

मोटोपनाको समस्या आज विश्व भारिनै बिकराल रुपमा देखिएको छ। यसको समाधान गर्ने काम स्वास्थ्य क्षत्रको लागि चुनौती बन्दै गएको छ । ब्यस्त जिबन शैली र खानपिनको समस्या अनि हामीले सिर्जना गरेको घरायसी बाताबरणनै मोटोपनको मुख्य जड हो भनेर विभिन्न अध्ययनले प्रस्ट पारेका छन् ।

मोटोपना देखिने कारणहरुमा कम केलोरी युक्त खाना, फास्ट फूड सेबन र विलाशी जिबनशैली प्रमुख कारण हुन् आफ्नो तौल ठिक छ छैन भनेर कसरि थाहा पाउने ? पहिलो बिधि : बिश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुशार हाम्रो शरीरको तौल लाई उचाईको बर्गले भाग गर्दा १८ दशमलब ५ देखि २५ सम्म आउनु पर्दछ । जस्तै, तपाईको तौल ६२ किलोग्राम छ र उचाई १६२ से.मि. छ भने ६२ केजी लाई (१.६२ मिटर को वर्ग) २.६२ ले भाग गर्दा २३.६६ हुन्छ जुन माथिको समुहमा पर्दछ र तपाई को तौल ठिक छ भन्न सकिन्छ । २५ भन्दा बढी भएमा मोटोपनको शुरुवात भयो भनेर आकलन गर्न सकिन्छ भने १८.५ भन्दा कम भएमा तौल थोरै छ भन्ने थाहा हुन्छ। दोस्रो बिधि : ब्रोकाले दिएको जानकारी अनुशार हाम्रो शरीरको तौल देहाए बमोजिम हुनु पर्दछ । उचाई (से.मि.) -१०० = तौल (केजी मा) जस्तै, तपाई १६२ सेमी हुनुहुन्छ भने १६२-१००=६२ केजी तपाइको राम्रो तौल हो । यसभन्दा बढी भएमा मोटोपनको शुरुवात भयो भनेर आकलन गर्न सकिन्छ भने कम भएमा तौल कम भयो भन्ने थाहा हुन्छ। (एमपीएच, जनस्वास्थ्य),

SHARE