मुक्तिप्रसाद न्यौपाने
पाल्पा, असोज २६

पाल्पाकाे सदरमुकाम तानसेनमा अाधुनिक जीम हल सञ्चालनमा अाएकाे छ । सामर्थ पत्ता लगार्इ कति क्यालाेरी खर्च गर्ने हाे साे जानकारि लिएर अब पाल्पालीले व्यायाम गर्न सक्ने भएका छन् ।
स्वस्थ शरीरका लागि सबै उमेरका मानिसले व्यायाम गर्न जरुरी छ । व्यायामले शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त राख्न मद्दत गर्छ । उच्चरक्तचाप, मधुमेह, मुटुरोगबाट बच्न व्यायाम गरिरहेको समयमा पाल्पा तानसेनका युवा फिटनेशका लागि जीम गर्न थालेका हुन् ।

सञ्चालक अनिल खाति भन्छन्, ‘बढ्दो उमेरसँगै आउन सक्ने विविध समस्याबाट बच्न पनि समयमै जीमको आवश्यक पर्छ । हामीकहाँ अधबैँसेहरू मात्रै फिटनेस सेन्टर र क्लब धाउने गर्छन् ।’ उनले ५० लाखको लगानीमा अत्याधुनिक व्यायाम सेन्टर सञ्चालनमा ल्याएको बताए । एक हजार रुपैयाँ प्रतिमहिना शुल्कमा शावर बाथ सहित अब युवापुस्ताले व्यायाम गर्न सक्ने उनले बताए ।