चितवनका पसलमा अागालागी कराेडाैं क्षति

चितवन, असोज २३– चितवनको भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय रोडमा रहेका पसलहरुमा सोमबार राती आगलागि भएको छ ।

नारायणी सामुदायिक अस्पताल अगाडि, दुर्गामणी गौतमको घरमा भएको किराना, दुध डेरी, फेन्सी पसलमा आगलागि भएको हो । आगलागिबाट एकिन विवरण आउन बाँकी रहेको छ । राती ९ः१५ मा लागेको आगो राती ११ः१० मा नियन्त्रणमा लिईएको थियो । आगलागी के कारणले भयो भन्ने बारे खुलेको छैन । सो घर दुर्गामणी गौतमको रहेको बताईएको छ । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ ।

SHARE