कर्मचारीले पाए बाेका, कर्मचारी मिलन केन्द्रले चुम्याे मैत्रिपूर्ण फुटबल उपाधी

माथागढी ३, पाल्पामा भएकाे मैत्रीपूर्ण फुटबलमा कर्मचारी मिलन केन्द्रले जितसँगै बाेका उपहार जितेकाे छ । मैत्रिपूर्ण फुटबलमा बैंकर्स पाल्पालाई टाईबे्रकर ४—३ ले पराजित गदै कर्मचारी मिलन केन्द्र पाल्पाले उपाधी जितेको हाे ।

निर्धारित समयको खेलमा १—१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा कुनै गोल हुन सकेन । खेलको २४ औ मिनेटमा बैंकर्स पाल्पाका सुमन बस्यालले गोल गदै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३८ औ मिनेटमा कर्मचारी मिलन केन्द्रका मान बहादुर सारुल गोल फर्काए । केन्द्रका लागी मान बहादुर परियार, जिवन बस्याल, किरन ढेगा, प्रदिप घिमिरेले गोल गरे ।

बिजयी समुहलाई पुरस्कार वितरण गर्दै प्रतिनिधि सभा सदस्य तथा उच्च स्तरीय बार्ता टोलीका संयोजक सोम प्रसाद पाण्डेयले खेलकुदको बिकास सरकारको प्रथमिकतामा रहेको बताए । जिल्ला खेलकुद बिकास समिति पाल्पाले आयोजना गरेको थियो ।
समापन समारोहमा बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी मनोहर खनालले मैत्रीपुर्ण खेल आयोजना हुनु सुखद पक्ष भएको बताउदै खेल मार्फत क्षेत्र पहिचानमा अघि बढन् सकिने बताए ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल,वडा अध्यक्ष दिपक थापा,लगायतले खेल आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे । खेल क्षेत्रको बिकास र हरेक क्षेत्रमा सहकार्य र समन्वयमा बिकास हुने अपेक्षा सहित खेल आयोजना गरेको जिल्ला खेलकुद बिकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्ले बताए । खेल संयोजक दयाराज न्यौपाने खेल आयोजनाको उदेश्य अनुरुप खेल संचालन भएको बताउदै खेल अवधीभर सहयोग गर्ने सहयोगी हातहरुलाइ धन्यवाद ज्ञापन गरे ।

प्रथम हुने टिमलाई ट्रफी ,बोका , प्रमाण पत्र र मेडल तथा द्धितिय हुने टिमलाई ट्रफी, प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो । उत्कृष्ट गोलरक्षकको रुपमा बैंकर्स पाल्पाका नारायण बहादुर बर्जाचार्य छानिए । भने खेल अवधिभर उत्कृष्ट खेल खेल्ने कर्मचारी मिलन केन्द्रका मान बहादुर सारु उत्कृष्ट खेलाडी छानिए । भएको छ । उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल , प्रमाण पत्र प्रदान गरीएको थियो । भने सहभागी सम्पुर्ण टिमलाई प्रसंसापत्र सहित प्रमाण पत्र प्रदान गरिएको थियो । पुरस्कार बितरण समारोह धनपती गैरेको संचालन तथा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष करुणा काफ्लेको अध्यक्षतामा चलेको थियो ।

SHARE