पाल्पा, असोज १०
रामपुर नगरपालिका–८, रानिबासका शैलेन्द्र अर्यालको शव कालीगण्डकी नदीम फेला परेको छ । आनन्द निकेतन विद्याश्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी शैलेन्द्र अर्यालको शब मंगलबार फेला परेको हो ।

१७ वर्षका अर्याल आठ दिन अघि देखि बेपत्ता भएको बताईएको छ । उनको लास नवलपुर जिल्ला बुलिङटार गाउँपालिकाको वडा नं १ थाम बसीको कालीगण्डकीको किनारामा भेटिएको प्रहरी नायव उपरीक्षक विनादे घिमिरेले बताए । असोज २ गते दिउँसो विद्यालयबाट घर फर्केका अर्याल घरबाट निस्किए लगत्तै बेपत्ता भएका थिए । उनी आँफै नदीमा हालफालेर बगेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।