६ सय ५५ स्थानीय तहमा बैंक पुग्यो, जागिर खाएर नोकर बन्ने होईन मालिक बन्ने मानसिकता बनाउँः गभर्नर

नेपालको ५७ प्रतिशत जनता क्रियाशिल
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, भदौ ३१
नेपालको ६ सय ५५ स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाको पहुँच पुगेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अहिले नेपालको ४० प्रतिशत जनताले बैंङकीङ सेवा लिने गरेको बताएका हुन् ।
आईतबार पाल्पाको तानसेनमा ‘पैसाको खेती’ नामक पुस्तकको विमोचन गर्दै वित्तिय चेतनाको अभावमा ६० प्रतिशत जनता बैंकको पहुँचमा नपुगेको बताए । ‘जनतामा बैङ्किङ चेतनास्तर कमजोर छ । घरमै पैसा थन्काएर राख्नेहरु पनि छन् । धनी बन्ने नाममा विदेशीने र नोकर हुने मानसिकता छ । व्यापार र व्यवसाय गरि मालिक बनेर देशको अर्थतन्त्रमा योगदान पु¥याउने जनशक्तिको कमी छ, गर्भनर नेपालले भने, ‘देशमा भएकार ५७ प्रतिशत जनशक्ति क्रियाशिल छ । यस्तो जनशक्ति कमै देशले प्राप्त गरेका छन् । तर हाम्रो मानसिकता परिवर्तन गर्न सकिएन । विदेशमा गएर ऋणपत्र अथवा डेविट÷क्रेडिट कार्ड थमाईदिँदा खुसी हुन्छौं । जीन्दगि त्यही ऋण भुक्तान गरेर व्यतित गर्छौं ।’ धेरै बुद्धि हुनेहरु व्यापार, व्यवसाय तथा उद्यम गर्छन् । कमजोर मानसिकता हुनेहरु जागिर भन्दै हिँड्ने गर्छन् । जागिर भनेर नोकर हुने मानसिकता हो, गभर्नर नेपालले भने, धनी बन्ने र समृद्धिको चाहना सबैमा हुन्छ । पढेका व्यक्तिले व्यवसायीकरण गरे सफलता प्राप्त हुन्छ र देशको अर्थतन्त्रमा टेवा पु¥याउन सकिन्छ ।
नेपालको ८५ प्रतिशत भूगोलमा बैंक पुगेको छ । पाल्पामा मात्रै ४ दर्जन बढी बैंकहरु खुलेका छन् । यसले हाम्रो अवसर बढाएको छ, डा. चिरञ्जिवी नेपालले भने । वित्तिय अनुशासन कायम गर्न सकिए थोरै पैसाबाट धनी बन्न सकिने उनले बताए । नेपाल भन्छन्, ‘नेपालमा उत्पादन घटिरहेको छ । झण्डै २८ अर्बको धानचामल आयात भएको छ । ११ अर्ब रुपैयाँको तरकारी, ८ अर्ब रुपैयाँको फलफूल र १५ अर्ब रुपैयाँको तेल आयात भयो । के हामीले उत्पादन देशमै बढाउन सक्थेनौं ।’ हामीले पैसा खोज्न विदेश हिड्यौं । व्यापार व्यवसाय गर्न बाहिर गयौं । अब देशमै केही गर्ने समय आएको छ । अवसर यहिँ छ, विदेश गएर दास बन्नुभन्दा स्वदेशी माटोमै उत्पादन बढाउन लाग्नु आवश्यक हो, गर्भनर नेपालले भने ।
नेपाल बैंङ्कर एशोसियसनका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले विद्यार्थीहरुमा समेत वित्तिय चेतना आवश्यक रहेको बताउँदै देश विकासका लागि विद्यालय तहबाटै चेतनास्तर वृद्धि गर्नुपर्ने बताए । उनले देश विकासकालागि भोलिका भविष्यलाई आजैदेखी बैङ्कीङ चेतना दिनु आवश्यक छ ।
पैसाको खेती बजारमा
नव साक्षर समुदायकालागि वित्तिय चेतना जगाउने उद्देश्यले लेखिएको पैसाको खेती पुस्तक बजारमा आएको छ । सुमन ढकाल र प्रकाश कोइरालाद्धारा लिखित पुस्तक आईतरबारदेखी बजारमा आएको हो । फिन्लिट प्रालि मार्फत् बजारमा आएको पुस्तकको मूल्य २ सय ४० रहेको छ । पुस्तकमा पैसा के हो ?, बचत कसरी गर्ने ? बैंकमा कारोबार गर्दा हुने फाईदा, ऋण कसरी पाउने र कसरी हिसाब राख्ने ? बीमा, लगानी, पारिवारिक बजेट, विप्रेषण, लघु व्यवसाय, सामाजिक सुरक्षा जस्ता विषय समेटिएको छ ।

SHARE