पैसाको खेती बजारमा

पाल्पा, भदौ ३१
आईतबार पाल्पाको तानसेनमा ‘पैसाको खेती’ नामक पुस्तकको विमोचन भएकाे छ । नेपालका गभर्नर डा. चिरञ्जिवी नेपालले भने  ‘नेपालमा उत्पादन घटिरहेको छ । झण्डै २८ अर्बको धानचामल आयात भएको छ । ११ अर्ब रुपैयाँको तरकारी, ८ अर्ब रुपैयाँको फलफूल र १५ अर्ब रुपैयाँको तेल आयात भयो । के हामीले उत्पादन देशमै बढाउन सक्थेनौं ।’ हामीले पैसा खोज्न विदेश हिड्यौं । व्यापार व्यवसाय गर्न बाहिर गयौं । अब देशमै केही गर्ने समय आएको छ । अवसर यहिँ छ, विदेश गएर दास बन्नुभन्दा स्वदेशी माटोमै उत्पादन बढाउन लाग्नु आवश्यक हो, गर्भनर नेपालले भने ।
नेपाल बैंङ्कर एशोसियसनका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले विद्यार्थीहरुमा समेत वित्तिय चेतना आवश्यक रहेको बताउँदै देश विकासका लागि विद्यालय तहबाटै चेतनास्तर वृद्धि गर्नुपर्ने बताए । उनले देश विकासकालागि भोलिका भविष्यलाई आजैदेखी बैङ्कीङ चेतना दिनु आवश्यक छ ।
नव साक्षर समुदायकालागि वित्तिय चेतना जगाउने उद्देश्यले लेखिएको पैसाको खेती पुस्तक बजारमा आएको छ । सुमन ढकाल र प्रकाश कोइरालाद्धारा लिखित पुस्तक आईतरबारदेखी बजारमा आएको हो । फिन्लिट प्रालि मार्फत् बजारमा आएको पुस्तकको मूल्य २ सय ४० रहेको छ । पुस्तकमा पैसा के हो ?, बचत कसरी गर्ने ? बैंकमा कारोबार गर्दा हुने फाईदा, ऋण कसरी पाउने र कसरी हिसाब राख्ने ? बीमा, लगानी, पारिवारिक बजेट, विप्रेषण, लघु व्यवसाय, सामाजिक सुरक्षा जस्ता विषय समेटिएको छ ।

SHARE