पाल्पामा पहिलो पटक फेसन डिजाईनिङ प्रतियोगिता
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, भदौ २९
पाल्पा जिल्लामै पहिलो पटक फेसन डिजाईन प्रतियोगिता भएको छ । ह्याप्पी नेपाल प्रालीले गरेको प्रतियोगिताको उपाधी लक्ष्मी विकले हात पारेकी छिन् । प्रतियोगितामा १४ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा चिजा थापाले फस्ट रनर अपको उपाधी प्राप्त गरिन् । अन्जु अमात्य कुँवर सेकेण्ड अप र जुना रानाले बेस्ट क्याट वकको उपाधि प्राप्त गरिन् । प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् (सिटीईभिटी) बाट सम्बन्धन लिएर ह्याप्पी नेपालले फेसन डिजाईनिङ विषय अध्यापन गरिरहेको छ । जिल्लामा फेसन डिनाईनिङ विषय पढीरहेका डिजाईनरहरुले आँफैले ड्रेस डिजाईन गरी ¥याम्पमा क्याटवक समेत गरेका थिए ।


प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिती पाल्पाका अध्यक्ष दयाराज बस्यालले समयको बदलिदो क्रमसंगै नयाँ विषयवस्तुमा विद्यार्थीको आकर्षण बढ्नु आवश्यक रहेको बताए । उनी भन्छन्, ‘समयको माग र आवश्यकता अनुसार विषयवस्तुको ज्ञान हुनु आवश्यक छ ।’ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले प्राविधिक शिक्षा आजको आवश्यकता हो । फेसन डिजाईनरहरुले पाल्पाली ढाकालाई पनि समय अनुसारको पहिरनमा समायोजन गर्नुपर्छ, उनले भने ।
प्रतियोगितामा नेभारा बुटिक एण्ड फेसन डिजाईनिङ ईन्स्टिच्युटकी मुना राना, अनिता कलेक्सन काठमाडौंकी अनिता खाती र टेलिभिजन पत्रकार प्रेरणा केसीले निर्णयकर्ताको भूमिका निर्वाह गरे भने फेसन डिजाईनर प्रशिक्षकहरु बिनु राना मगर र थानीमाया सारुले डे«स डिजाईनलाई पहिरनमा सहयोग पु¥याएका थिए ।
प्रतियोगितामा डिजाईनरहरुले नयाँ नयाँ डिजाइनका साथै पाल्पाली ढाका समेत प्रयोग गरेर डे«सहरु तयार पारी प्रर्दशन गरिएको थियो । नेभारा बुटिक एण्ड फेसन डिजाईनिङ ईन्स्टिच्युट, बुटवल र एडभेन्ट नेपालको सहयोगमा कार्यक्रम गरिएको ह्याप्पी नेपालमा प्रबन्ध निर्देशक डिबी रुचालले बताए ।


फेसन डिजाइनमा आकर्षण बढ्दै
फेसन भन्नासाथै सुन्दर र चिटिक्क देखिने गरी लगाउने पोशाकलाई बुझिन्छ । शरीरलाई मिल्ने सुहाउने पोषाकको पहिरनमा सजिएर अरुलाई मोहित बनाउन जो कोहीलाई पनि मन हुन्छ । फेसन डिजाइन भनेको शरीर सुहाउदो पहिरन बनाउने कला हो । यसमा ग्राफिक डिजाइन, हेयर डिजाइनिङ, मेकअप, फोटोग्राफी, मोडलिङ, कोरियोग्राफी, ¥याम्प वाकिङ लगायत विषयहरु समावेश गर्नुपर्ने ह्याप्पी नेपालले जनाएको छ । पछिल्लो समयमा युवाहरुको जमा फेसन डिजाइनिङमा तानिएकोले मोफसलमा समेत यसको व्यवस्था सीटिईभिटी मार्फत् गरिएको संस्थाका प्रबन्ध निर्देशक रुचाल बताउँछन् । उनी भन्छन्, ‘यो सांस्कृतिक र सामाजिक विषयवस्तुसँग जोडीएको आधुनिक कला हो । यसले कला संस्कृति संवद्र्धन तथा नयाँ पुस्तालाई नयाँ किसिमले परिभाषित गर्न सिकाउँछ ।’
बढ्दो विश्वव्यापीकरणले मानिसहरुलाई सुन्दर र नयाँ आकर्षणतर्फ केन्द्रीत गर्नु स्वभाविकै हो । नेपालमा फेसन डिजाइनिङ क्षेत्रमा आफ्नो भविष्य खोज्नेहरुको संख्या नेपालमा पनि बढिहेको छ । फेसन डिजाइनिङ ग्ल्यामरस विषय पनि हो । यसका लागि कल्पनाशक्ति र सिर्जनशीलता आवश्यक पर्दछ । फेसन डिजाइडिङमा अन्डर ग्राजुएट र पोष्ट ग्राजुएट गरी दुई कोर्सहरु छन् । कक्षा १२ पास गरेकाले अन्डर ग्राजुएट र स्नातक गरेकाले पोस्ट ग्राजुएट लेभेलमा भर्ना भएर पढ्न पाउँछन् । ३ वर्षे कोर्स पढ्न वर्षमा १ लाख ६० हजार रुपैयाँसम्म खर्च हुनछ । तर, संस्था अनुसार शुल्कहरु भने फरक(फरक पनि छन् ।
सीप र सिर्जनासँग सम्बन्धित भन्दै फेसन डिजाइनिङलाई नेपालमा औपचारिक शैक्षिक योग्यतासँग तुलना गरिँदैन । दक्ष डिजाइनरलाई विभिन्न क्षेत्रमा रोजगारीका अवसरहरु प्रशस्त मात्रामा छन् । यस्ता डिजाईनरहरुले एक्पोर्ट हाउसेज, गार्मेन्ट स्टोर्स, टेक्सटाइल उद्योग, लेदर कम्पनी, कस्टम डिजाइनिङ, पर्सनल स्ट्याइलिङ, बुटिक, फेसन शो, ज्वलेरी उद्योग, मिडिया, कोरियोग्राफरलगायत विभिन्न क्षेत्रमा विभिन्न पदमा रही काम गर्न सक्छन् ।