राेल्पामा गाेली चल्याे, एककाे मृत्यु

काठमाडाैं – रोल्पाको सुलिचौरमा आइतवार साँझ गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गोली लागी मृत्यु हुनेमा रोल्पा नगरपालिका २ का २९ वर्षीय रोहित पुन रहेका छन्। केहि समय अघि मात्रै खुलेको रेष्ट प्वाइन्ट होटलमा गोली चल्दा पुनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। पुनको छातीमा ३ गोली लागेको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोल्पा नगरपालिका १० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले एकथान पेस्तोल समेत बरामद गरेको छ। पुन नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष समेत हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

SHARE