पाल्पाली व्यापारीहरुको संगठन पाल्पा व्यापार संघले शुक्रबार तानसेनमा हास्य व्यङग्य गाइजात्रा कार्यक्रम गरेको छ । पाल्पालीलाई मनोरञ्जन दिने तथा सास्कृतिक जगेर्ना गर्दै पर्यटनको बृद्धि गर्ने उदेश्यका साथ यो कार्यक्रम गरिएको पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।
कार्यक्रममा राष्टिय स्तरका कलाकारहरु प्रजापति पराजुली, राजा राजेन्द्र पोखरेल, बबिता बानियाँ(जेरी) लगायतको उत्कृष्ट प्रस्तुती रहेको थियो । कार्यक्रममा प्रदेशसभाका सांसदहरु जनप्रतिनिधी, सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो ।
व्यापार संघ पाल्पाले पछिल्लो समय पाल्पाको पर्यटन बृद्धिको लागी विभिन्न काम गरिरहेको छ । पाल्पाको पर्यटकीय स्थलको जानकारी सहितको होर्डिङ बोर्ड बनाएर ठाउँ ठाउँमा राखेको व्यापार संघले पाल्पा जाऔ प्राकृतिक सौन्दर्य र सस्कृती संग रमाऔ भन्ने नाराका साथ काम गरिरहेको अध्यक्ष चिरञ्जिवी पोखरेलले बताउनुभयो ।