पाल्पा, साउन १९
रिब्दीकोट गाउँपालिका–६, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना हुँदा दुई जना व्यक्ति हराएका छन् । हाइलक्समा सवार दुई व्यक्तिको अवस्था पत्ता नलाग्दा प्रहरी समेत अन्यौलमा परेको छ ।
बा १ च ८९७० नम्बरको हाइलक्स बेलुकी ६ बजे दुर्घटना हुँदा तानसेन नगरपालिका–१० गणशालका २५ वर्षीय विवेक पौडेल र डोल्पा ३६ वर्षीय टंक हराएका हुन् । उनीहरुलाई उद्दार गर्न गएको प्रहरी भीर भएका कारण बाटोमा निस्किएर कुरिरहेको बताईएको छ ।
जीप सडकभन्दा ५० मिटर तल खसेको छ । अप्ठ्यारो भीर भएकोले उद्दारमा समस्या र ढीलाई भएको प्रहरीले जनाएको छ । विद्युत् सम्बन्धी काम गर्नका लागि तानसेनबाट गएको हाईलक्स दुर्घटनामा परेको हो । सडक चिप्लो र कच्ची भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनीहरुलाई उज्यालो भएपछिमात्र खोजी गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी हाइलक्स भएकाे ठाउँमा पुगे पनि उद्दार गर्न नसकिएकाे बतार्इरहेकाे छ..