सुशीला रेग्मी रामपुर  फागुन  १

पाल्पाको रामपुरमा दस जिल्लाका भलिवल खेलाडीबिच प्रतीस्पर्धात्मक राेचक खेल हुने भएको छ । साेमवार जिल्लास्तरिय पुरुष भलिबल प्रतीयोगीता सम्बन्धि पत्रकार भेटघाट गरेर कार्यक्रमबारे जानकारी दिइएको छ । तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे अवसरमा अायाेजना हुने जिल्लास्तरिय भलिवल खेलकाे बारेमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम अायाेजना गरिएको हाे । जिल्ला भलिबल संघ पाल्पा, नगर खेलकुद विकास समिति रामपुरकाे सह अायाेजना, रामपुर भलिबल संघकाे व्यवस्थापन, रामपुर उद्योग वाणिज्य संघ रामपुरकाे मुख्य प्रायोजनमा जिल्लास्तरिय खेल अायाेजना गरिएको छ ।

खेल संयाेजक शंकर खाणकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले खेलले याे ठाउँको प्रचार प्रसार मात्रै नभई यहाँको व्यापार, व्यावसायकाे अार्थिक बृद्दिकाे विकास हुने बताउनुभएको छ । नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनले स्वागत गर्नुभएको कार्यक्रमकाे संचालन नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले गर्नुभएको हाे । अध्यक्ष खाणले खेलकुदकाे विकास गर्न बिगतका रामपुर महाेत्सवमा पनि खेल भलिबल खेलकाे अायाेजना गरिएको जानकारी दिनुहुदै रामपुरमा अन्तर्राष्ट्रियस्तरकाे भलिबल खेल समेत सफलतापुर्वक अायाेजना गरिएको जानकारी दिनुभएको छ ।प्रतीयोगीतामा दशवटा जिल्लाका खेलाडि समुहले सहभागीता जनाउने अध्यक्ष खाणले बताउनुभयो । प्रतीयोगीतामा प्रथम पुरस्कार १ लाख ५१ हजार १११, द्वीत्तिय पुरस्कार १ लाख १ हजार १११, तृतीय पुरस्कार ५१ हजार १११ साथमा कप मेडल र प्रमाणपत्र रहेको छ । खेल सम्पन्न गर्न करिव १८ लाख लाग्ने अायाेजककाे अनुमान छ । प्रतीयोगीतामा पाल्पा, स्याङ्जा, तनहु, गुल्मी, बाग्लुङ,कास्की, नवलपुर, रुपन्देही, नवलपरासी, पर्वतबाट खेलाडी प्रतीस्पर्धा गर्न अाउने अायाेजकले जनाएको छ । धन्यवाद जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले दिनुभएको हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय