३१ जेठ, काठमाडौं । श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु भएको छ । श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागी काठमाडौंका नारायणगोपाल महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो ।

महर्जनका आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् । महर्जनका आफन्त हेमन्तलाल श्रेष्ठले अनलाइनखबरसँग भने, उहाँको आर्थिक अवस्था कमजोर छ । आयस्रोत केही पनि छैन । श्रीलंका पठाउँदा पनि चन्दा संकलन गरेर पठायौं । राष्ट्रियस्तरको खेलाडीका लागि सरकारको सहयोगको आशा राखेका छौं ।’