पाल्पा, जेठ १९

सिद्धार्थ राजमार्गको तानसेन नगरपालीका–८ नयाँपाटीमा शुक्रबार राति भएको ट्रिपर दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ । लु ३ ख ८९३९ नम्बरको ट्रिपर दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा परि विनय गाउँपालीका–३ चिसापानी नवलपरासीका १८ वर्षीय सहचालक विवेक कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रकुमार थापाले बताए । बुटवलदेखि तानसेनतर्फ आउँदै गरेको ट्रिपर राति करिब ११ बजे दुर्घटना भएको हो ।  दुर्घटनामा चालक विनय गाउँपालिका–३ चिसापानीकै ३८ वर्षीय भीम परियार घाइते भएका हुन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।