‘माहारा’ गएकी महिला मृत फेला

पाल्पा, जेठ ११
गाई चराउन गएकी एक महिला मृत भेटिएको छ । माथागढी–७, रहबास मौलाथरकी ४१ वर्षीय मधुमाया ठाडा मृत भेटिएको माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए ।
बुधबार दिउँसो गाई चराउन ‘माहारा’ गएकी मधुमाया साँझ अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भीरमा अड्किएको भेटिएको थियो । उनी माहारा जाने क्रममा चप्पल दछ्याएर बसेको र चप्पलमा बसेर निदाउँदा भीरबाट खसेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । साँझ ६ बजे भेटिएको उनको शवलाई प्रहरी र स्थानीयको सहयोगमा निकालिएको थियो । भीरबाट झण्डै दुई सय मिटर तल खसेर उनको मृत्यु भएको बताईएको छ । उनको शव पोष्टमार्टम गरि अन्तेष्ठी गरिएको छ ।

SHARE