पाल्पा, माघ १७
शहिद दिवसको अवसर परि पाल्पाबाट प्रकाशन भईरहेको नेतृत्व त्रैमासिक पत्रिका सार्वजनिक गरिएको छ । सोमबार तानसेनमा आयोजित समारोहमा जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, बगनासकाली गाउँपालिकाकी प्रमुख सरस्वती चिदी लगायतले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंक खनालले नेतृत्वकर्तालाई नेतृत्व गर्ने उत्प्रेरणा पत्रिकाले दिन सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । वस्तुपरक र सत्यनिष्ठ पत्रकारितालाई जोड दिन पनि उहाँको आग्रह थियो। प्रमुख खनालले यस्ता सामग्रीहरूले आफूलाई पनि लेख्न प्रेरित गरेको विचार राख्नुभयो । तीन टंकको संयोजनका लागि सम्पादक समूहलाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो। प्रमख अतिथी खनालले विकास निर्माणका काममा पत्रकारहरूले खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो ।

विशिष्ट अतिथि बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले पत्रिकाले स्थानीय तहलाई घचघच्याउने काम गरेको बताउदै, सबै क्षेत्रको प्रतिनिधित्व पत्रिकामा भएकोले पनि यो पत्रिका सङ्ग्रहणीय भएको विचार व्यक्त गर्नुभयो । उहाँले आफूले सुरुमा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्नका लागि लागिरहने प्रतिबद्धता समेत ब्व्यक्त गर्नुभयो ।

शुभकामना मन्तब्य राख्दै पत्रकार मिलन बिकले सफलताको कथालाई स्थान दिनुपर्ने बताउनुभयो ।
साहित्यकार राजेन्द्र गोपाल सिंहले पत्रीकाको गुणस्तर हराएको गुनासो गर्नुभयो । उहाँले राजनैतिक हिसाबले पत्रकार कतै पनि लाग्न नहुने बताउनुभयो । त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख टंक भट्टराईले नेतृत्व त्रैमासिकलाई सफलताको कामना गर्नुभयो ।
सार्वजनिक कार्याक्रममा रास्वापाका तानसेन नगर सभापति जीवन पाण्डे, माओबादी केन्द्रका जिल्ला सचिब मथुरा ढकाल, नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरे, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे लगायतले शुभकामना मन्तव्य दिनुभयो ।
नेतृत्वको बर्ष २५ अङ्क ३ को समग्र बिषयमा साहित्यकार, समिक्षक तथा लेखक टङक पन्थले प्रकाश गर्नुभएको थियो । उहाँले विविधताको सँगालोका रूपमा रहेको यस अंकमा संघीयताका कुरा, शैक्षिक सुधारका कुरा, वडालाई सबल बनाउनुपर्ने कुरा, संघीय सांसदका प्रतिबद्धता, स्थानीय सरकारका कार्यप्रगति, राजनीतिक तथा प्रशासनिक व्यक्तिका सङ्घर्ष र सफलताका कुरा, संस्कृति, साहित्य तथा विविध समाचारमूलक सामग्रीहरू रहेको बताउनुभयो ।

साथै पत्रिकामा लेख, रचना तथा समाचार उपलब्ध गराउने पत्रकार, सहित्यकार तथा लेखकलाई सम्मान गरिएको थियो । सो अवसरमा सेरोफेरो न्युजका सह सम्पादक बिष्णु खनाललाई सम्मान गरिएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघका सचिब यज्ञमुर्ति तिमिल्सिना सन्चालन र नेतृत्व त्रैमासिकका सम्पादक गोबिन्द भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय