पाल्पा, वैशाख १९
जिल्लामा पाँच सय लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बुधबार पत्रकार र मानवअधिकारको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयले अवैध मदिरा पोखेको हो ।

जिल्लाको ग्रामीण भेगबाट सदरमुकाम तानसेन बेच्न ल्याईएको मदिरा नष्ट गरिएको हो । प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले गाउँघरमा उत्पादन गरेर बिक्रिका सवारीमा ल्याउँदै गर्दै मदिरा चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको बताए । उनी भन्छन्, ‘सरकारको मापदण्ड बाहिर पर्ने मदिरा जिल्लाको भुषालडाँडा र बतासेडाँडाबाट पक्राउ गरिएको थियो । यसलाई हामी नष्ट गरेका छौं ।’ ग्यालेन, बोतल र ड्रममा राखेर ल्याईएका ‘लोकल रक्सि’ नष्ट गरिएको हो ।