पोर्न स्टार बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरुले केही दिनअघि आफूले बिहे गरेको भनेर एक अमेरिकी नागरिकसँगको फोटो सार्वजनिक गरेकी थिइन् । ती अमेरिकी नागरिक उल्फ प्राइसलाई प्रहरीले पक्राउ गरेको छ ।

बलम्बुस्थित एक घरबाट २ सय ग्राम गाजाका साथै दर्जनौं प्रयोग भएका र नभएका कन्डमसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले एउटा सिंगै घर भाडामा लिएर बसेका रहेछन् ।

त्यहाँ राखिएका एक बालक र एक बालिकालाई प्रहरीले उद्दार गरेको छ । उनीहरुलाई किन त्यहाँ राखिएको भन्ने खुलेको छैन । प्राइसले भने उनीहरुलाई आफूले पालेको बयान दिएका छन् ।

काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दामा उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको एसएसपी विश्वराज पोखरेलले बताए ।

सो घरमा अश्लिल क्रियाकलाप हुने गरेको स्थानीयवासीको उजुरीका आधारमा प्रहरीले छापा मारेको थियो । त्यहाँ अर्चनाका आमा छोरी बेला-बेला पुग्ने गरेको स्थानीयले बताएका छन् । अर्चनाले आजै मात्र फेसबुक लाइभमा आफूले बिहे नगरेको बताएकी थिइन् ।