जनार्दन घिमिरे/गुल्मी

वालीका बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका ४ का १६ वर्षीय हिमाल दमाईलार्ई प्रहरीले पक्राउ गरेको छ ।

आरोपितले मंगलबार दिउसो साढे चार बजेको समयमा सोही गाउँपालीका ३ दर्लामचौर निवासी ६ वर्षीय एक वालीकालाई चाउचाउ र पैसाको लोभ देखाएर ललाईफकाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरिले जानकारी दिनु भएको छ ।

घरमा आएपछि वालीकाले आमासँग आफुलाई बढी दुखेको र रगत पनि आएको बताएपछि वालीकाकी आमाले के भयो भनेर निकैबेर सोधपुछ गरेपछि मात्र वालीकाले घटनाको वारेमा सम्पूर्ण जानकारी गराएकी थिईन् ।

उक्त घटनाको प्रकृति सुनेपछि वालीकाकी आमाले प्रहरीमा दिएको उजुरीका आधारमा दर्जीलाई इस्मा प्रहरीले मंगलवार राती नै घरवाट पक्राउगरी सदरमुकाम ल्याई पुराएको थियो ।
वालीकाको घर नजिकै घर वनाउने काममा खटिएका उक्त युवक काम सकेर घर फर्कने क्रममा स्थानीय मन्दिर नजिकै खेलीरहेकी वालीकालाई बोलाएर चाउचाऊको लोभ देखाउँदै बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित वालीकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचापछि गएराती नै जिल्ला अस्पताल तम्घास ल्याई पुराईएको थियो ।

उनलाई तम्घासमा उपचार गरेपछि थप उपचारकालागि बुधवार दिउसो पाल्पा पठाइएको छ । आरोपित हिमाल दमाईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान शुरु गरेको छ ।

मुलुकी ऐन जबरजस्ती करणी महल अनुसार यदि जवरजस्ती करणी गरेको ठहर भएमा उक्त आरोपीतलाई १२ वर्षदेखि १५ वर्षसम्म जेल सँजाय र पीडक पक्षवाट पीडितलाई क्षतीपुर्ति दिलाउने व्यवस्था रहेको प्रहरि निरिक्षक चौधरीले बताउनु भयो ।